हेटौंडा- मकवानपुर प्रहरीले ७९८ एम्पुल लागूऔषधसहित एक महिलालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बकैया गाउँपालिका-४ छतिवन घर भई हेटौंडा उपमहानगरपालका-११ बस्तीपुरमा डेरा गरी बस्दै आएकी २९ वर्षीया नानीमाया खत्री रहेकफ छन् ।
प्रहरीले उनको कोठाबाट लागूऔषध २८० एम्पुल डाइजेपाम, २६८ एम्पुल फेनार्गन र २५० एम्पुल नुफिन गरी ७९८ एम्पुल बरामद गरेको छ। उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएकव छ।