शनिबार, साउन ३०, २०८३

स्याङ्जामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

स्याङ्जाको बिरुवामा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ।
 |  शनिबार, माघ २२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ २२, २०७८

स्याङ्जा- स्याङ्जाको बिरुवामा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। बिरुवा गाँउपालिका-३ धोवादीमा ग१झ ५९३९ नम्बरको जीप शुक्रबार राति दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो।

बिरुवा बजारबाट धवादीतर्फ गएको जीप हिजो रातिदेखि सम्पर्क विहीन थियो। आज बिहान खोजी गर्दा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

दुर्घटनामा परेर जीपचालक बिरुवा गाउँपालिका-३ का २६ वर्षीय काबेलबहादुर थापा र सहचालक ३२ वर्षीय काभेशबहादुर थापाको ज्यान गएको प्रहरीले बताएको छ। प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ।

प्रकाशित: Feb 05, 2022| 13:55 शनिबार, माघ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।