शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्युठान दुर्घटनामा मुख्यमन्त्री केसीद्वारा दुःख व्यक्त, घाइतेलाई बुटवल ल्याइँदै

प्युठान दुर्घटनामा मुख्यमन्त्री केसीद्वारा दुःख व्यक्त, घाइतेलाई बुटवल ल्याइँदै

मुख्यमन्त्री केसीले घाइतेहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षा निकाय, प्रशासन, जनप्रतिनिधीलाई धन्यवाद दिदै घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
 |  शनिबार, माघ २२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ २२, २०७८

बुटवल- प्यूठानमा जन्ती बोकेको जिप दुर्घटनामा परि मृत्यु भएको घटनामा लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले दुख व्यक्त गरेका छन्। मुख्यमन्त्री केसीले शनिबार एक विज्ञप्ति जारी गरि मृतकहरुप्रती श्रद्धान्जली दिदै घाईतेहरुको उपचार र उद्धारमा कुनै कमि हुन नदिन निर्देशन दिएका हुन्।

मुख्यमन्त्री केसीले घाइतेहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षा निकाय, प्रशासन, जनप्रतिनिधीलाई धन्यवाद दिदै घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। 

नौबहिनी गाउँपालिका लुङबाट बेहुली लिएर फर्किदै गरेको जीप गौमुखी ६ ओखरमा शनिबार बिहान दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो।  मृत्यु हुनेमा जिप चालक गौमुखी गाउँपालिका ६ बस्ने ५० बर्षिय बल बहादुर बुढा, सोहि ठाउँका ४९ बर्षिय बसन्त खड्का, ११ बर्षिया एलिसा खड्का, ४० बर्षिया बसन्ती खड्का, २९ बर्षिय केशरी खड्का, ३२ बर्षिय खिम बहादुर खत्री,  ५२ बर्षिया नन्दी खड्का र नौबहिनी गाउँपालिका ६ बस्ने १८ वर्षीया विपना जिसी रहेको प्रहरीले जनाएको छ। 

घाइते नौबहिनी गाउँपालिका ६ बस्ने २५ वर्षीय दान बहादुर खड्का,सोहि ठाउँ बस्ने २० वर्षीया रिमा जिसी,१७ वर्षीय नरेश खड्का,२१ वर्षीय हरी बुढा मगर र २५ वर्षीया सावित्रा जिसीलाई उपचारको लागि बुटवल पठाइएको प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए। 

नौबहिनी गाउँपालिकाको लुङ बाउनेबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग१ज ५०९२ नम्बरको जिप ओखरपाटामा दुर्घटना भएको हो। कच्ची सडकमा पहिरो गएका कारण जिप दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको प्रहरीले बताएको छ। जिप सडकदेखि तीन सय मिटर तल खोल्सामा खसेको हो।

प्रकाशित: Feb 05, 2022| 13:20 शनिबार, माघ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।