शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मतपत्र डिजाइनका लागि निर्वाचन आयोगद्वारा दरखास्त आह्वान

मतपत्र डिजाइनका लागि निर्वाचन आयोगद्वारा दरखास्त आह्वान

आसन्न निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन आयोगले मतपत्र डिजाइनका लागि दरखास्त आह्वान गरेको छ।
 |  शनिबार, माघ २२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ २२, २०७८

काठमाडौं- आसन्न निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन आयोगले मतपत्र डिजाइनका लागि दरखास्त आह्वान गरेको छ। आयोगले मतपत्र, लोगो, निर्वाचन चिह्न तथा निर्वाचन शिक्षा तथा सूचना सामग्री डिजाइनका लागि दरखास्त आह्वान गरेको हो।

आयोगले शनिबार सूचना प्रकाशित गर्दै तोकेको अवधिमा काम गर्न चाहने इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिदेखि ५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ।

आवेदन आयोगको कार्यालय वा आयोगको इमेलमा दर्ता गर्न सकिनेछ। निवेदनको ढाँचा आयोगको मतदाता नामावली तथा निर्वाचन सञ्चालन शाखा वा वेबसाइटबाट प्राप्त गर्न सकिने बताएको छ।

मान्यताप्राप्त विश्वविद्यालयबाट चित्रकला र ग्राफिक डिजाइनमा कम्तिमा स्नातक, दृष्टान्त चित्र (इलुस्ट्रेसन) र ग्राफिक डिजाइनमा कम्तिमा दुई वर्षको अनुभवी, रेखा चित्र तथा रंगिन चित्रसम्बन्धी दक्ष व्यक्तिले आवेदन दिन सक्ने आयोगले जनाएको छ।

प्रकाशित: Feb 05, 2022| 13:06 शनिबार, माघ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।