बैतडी- हिमपातका कारण तीन दिनदेखि अवरुद्ध जयपृथ्वी राजमार्ग अझै खुल्न सकेको छैन। हिमपातले बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध भएको हो।
खोडपे, दुदिलाखान, ढोल्यामोड, श्रीभावरलगायतका स्थानमा जमेको बाक्लो हिउँका कारण बिहीबारदेखि राजमार्ग अवरुद्ध छ।
राजमार्ग अवरुद्ध हुँदा काठमाडौं, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीबाट छुटेका र बझाङबाट बाहिरी जिल्लाका लागि छुटेका यात्रुवहाक तथा मालवहाक सवारी साधन बीच बाटोमै रोकिएका छन्। सवारी साधन रोकिँदा यात्रुहरु अलपत्र परेका छन्।
राजमार्ग खुलाउन प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। बाक्लो हिउँ जमेकाले राजमार्ग सञ्चालन गर्न अझै समय लाग्ने छ।