बिहीबार, असार ११, २०८३

देशभर कहाँ कति भयो वर्षा?

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण केही दिन यता नेपालमा हिमपात तथा वर्षा भइरहेको छ।
 |  शनिबार, माघ २२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ २२, २०७८

काठमाडौं- पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण केही दिन यता नेपालमा हिमपात तथा वर्षा भइरहेको छ। अहिले पनि देशभर सामान्यदेखि पूर्ण बदली भइ धेरै स्थानमा मेघगजर्न, चट्याङसहित हल्का वर्षा भइरहेको छ।

National life

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पछिल्लो विवरणमा काठमाडौंमा ४१ मिलिमिटर वर्षा भएको छ। बदली र वर्षासँगै उपत्यकाका उच्च डाँडामा हल्का हिमपात भएको छ। 

हिमपात र वर्षाले आज काठमाडौंको न्यूनतम तापक्रम ४ दशमलव ९ र अधिकतम तापक्रम ९ डिग्री सेल्सियस रहेको छ।

आज सबैभन्दा बढी नेपालगञ्जमा ६४, वीरेन्द्रनगरमा ५२, जुम्लामा ५० मिलिमिटर वर्षा भएको छ। त्यस्तै घोराहीमा ३३, भैरहवामा ३०, पोखरामा २९, ओखलढुङ्गामा २२ र जनकपुरमा १८ मिलिमिटर वर्षा भएको छ।

प्रकाशित: Feb 05, 2022| 09:52 शनिबार, माघ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।