शनिबार, साउन ३०, २०८३

भारी हिमपातले मध्यपहाडी लोकमार्गको अवरुद्ध

भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ।
 |  शनिबार, माघ २२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ २२, २०७८

दाङ- भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। बिहीबारदेखि परेको हिमपातले मध्यपहाडी लोकमार्गको लकुम-पातिहाल्ना खण्ड अवरुद्ध भएको हो।

हिउँले सडक पुरिएपछि रुकुम पूर्वको भूमे गाउँपालिका वडानम्बर-१ देखि बागलुङको सीमा क्षेत्र पातिहाल्नासम्मको खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ।

सडकमा बाक्लो हिउँ परेका सवारी आवागमनमा समस्या भएको हो। लोकमार्ग अवरुद्ध हुँदा रुकुम पूर्व, रोल्पालगायत स्थानबाट काठमाडौं जाने र काठमाडौंबाट रोल्पा र रुकुम पूर्व फर्केने यात्रुहरू विभिन्न ठाउँमा अलपत्र परेका प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार १७ किलोमिटर सडकमा बाख्लो हिउँ जमेको छ। हिउ पन्छाउन केही समय  लाग्ने भएकाले  आवागमनमा अझै केही बेर समस्या हुने प्रहरीले जनाएको छ।

प्रकाशित: Feb 05, 2022| 09:15 शनिबार, माघ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।