काठमाडौं- नेपालबाट सट्टेबाजी चलाउदै आएका मुख्य अभियुक्त नागराज भनिने थमनलाल अग्रवाल जेल चलान भएका छन।
महोत्तरीका राकेश सिंह लगायतका व्यक्तिबाट सट्टेबाजीमार्फत रकम तेब्बर दिने भन्दै दुई करोड चालिस लाख लिई फरार नागराजलाई अपराध अनुसन्धानको टोलीले असार ९ गते काठमाण्डौंको पानीपोखरीबाट पक्राउ गरेको थियो।
नागराजलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षको लागी बिहिबार जेल चलान गर्ने अनुमती दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४