शनिबार, साउन ३०, २०८३

प्युठान दुर्घटना अपडेट : मृत्यक संख्या ८ पुग्यो

प्युठानको गौमुख गाउँपालिकास्थित ओखरपाटामा भएको जिप दुर्घटना मृत्यु हुनेको संख्या ८ पुगेको छ।
 |  शनिबार, माघ २२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ २२, २०७८

काठमाडौं- प्युठानको गौमुख गाउँपालिकास्थित ओखरपाटामा भएको जिप दुर्घटना मृत्यु हुनेको संख्या ८ पुगेको छ।

मृत्यु भएका मध्ये ६ जनाको घटनास्थलमै र दुई जनाको जिल्ला अस्पताल बिजुबारमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।

बेहुली लिएर फर्किंदै गरेको ग१ज ५०९२ नम्बरको जिप दुर्घटना भएको हो। मृत्यु हुनेहरूमा गौमुखी गाउँपालिका-६ का बसन्त खड्का, उनकी श्रीमती बसन्ता खड्का र छोरी एलिशा खड्का रहेका छन् । त्यस्तै, सोही ठाउँकी केशरी खड्का, नन्दी खड्का, खिम खत्री, बले बुढा मगर रहेका छन्। लुङका एक जनाको पहिचान खुल्न सकेको छैन।

रातिको समयमा दुर्घटना हुँदा समयमै उद्दार हुन नसकेको प्रहरीले जनाएको छ। 

प्रकाशित: Feb 05, 2022| 08:54 शनिबार, माघ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।