शनिबार, साउन ३०, २०८३

कहाँ कति पर्‍यो पानी? कहिले हट्ला चिसो?

हाल पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै रहेको र केही दिनपछि यो प्रणाली हटेर क्रमिक रुपमा मौसममा सुधार आउने महाशाखाले जनाएको छ। आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ।
 |  शुक्रबार, माघ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २१, २०७८

काठमाडौं- पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशभर वर्षा भएको छ। यसका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानहरुमा मेघगजर्न/चट्याङसहित देशका अधिकांश स्थानमा हल्का वर्षा भइरहेको छ। महाशाखाले जारी गरेको पछिल्लो मौसमी विवरणमा काठमाडौँमा ४१ मिलिमिटर वर्षा भएको छ।

बदली र वर्षासँगै उपत्यकाका उच्च डाँडामा हल्का हिमपात भएको छ। फुल्चोकी, चन्द्रागिरी, शिवपुरी, नगरकोटलगायतका अग्ला डाँडामा हिमपात भएको छ। काठमाडौँ उपत्यकामा दिनभर घाम नदेखिएकाले चिसो महसुस गरिएको छ। काठमाडौँको न्यूनतम ४ दशमलव ९ र अधिकतम तापक्रम ९ डिग्रिसेल्सियस रहेको छ।

शुक्रबार सबैभन्दा बढी नेपालगञ्जमा ६४, वीरेन्द्रनगरमा ५२, जुम्लामा ५० मिलिमिटर वर्षा भएको छ। त्यस्तै घोराहीमा ३३, भैरहवामा ३०, पोखरामा २९, ओखलढुंगामा २२ र जनकपुरमा १८ मिलिमिटर वर्षा भएको छ।

हाल पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै रहेको र केही दिनपछि यो प्रणाली हटेर क्रमिक रुपमा मौसममा सुधार आउने महाशाखाले जनाएको छ। आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ।

प्रदेश नं १, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगजर्न/चट्याङ/असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हिमपातको सम्भावना रहेको छ।

प्रकाशित: Feb 04, 2022| 20:32 शुक्रबार, माघ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।