बुधबार, असार ३१, २०८३

‘फोहोर व्यवस्थापनको कुरा गर्दा मेयरले धम्की दिए ’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- धार्मिक सम्पदा जोगाउन आग्रह गरेपछि जनकपुरका नगर प्रमुखले धम्की दिएको आरोप लागेको छ। 

गौ-संरक्षण मञ्चका अध्यक्ष जगदिश महासेठले देवस्थललाई डम्पिङ्ग साइट नबनाउन आग्रह गरेपछि नगर प्रमुख लालकिशोर साहले फोनमा अपशब्द प्रयोग गर्दै धम्कीको शैलीमा जवाफ फर्काएको आरोप लगाएका छन्।

बिहिबार जनकपुरमा पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्ष महासेठले जनकपुरस्थित दुधमती नदीमा फोहोर मैला थुपार्ने कार्यको निरीक्षण गरेपछि प्रमुख साहले अपशब्द प्रयोग गर्दै आफूलाई धम्की दिएको बताए।

नगर प्रमुख साह र वडा नम्बर १७ का अध्यक्ष सत्रुध्न साहले दुधमती नदी नजिकै रहेको आर्यघाटमा फोहोर थुपारी जग्गा कब्जा गर्नेतर्फ उद्त रहेको विगतमा नगर प्रमुख साहको आफन्त मानिएका महासेठको आरोप छ।

उपमहानगरपालिकाले दुधमतीस्थित देवस्थल तथा दुधमती नदीमा फोहोरमैला फाल्न लगाई धार्मिक पवित्रता नै अन्त्य गर्ने खेलमा रहेको महासेठले बताए।

फोहोरमैला व्यवस्थापनका लागि केन्द्रीय गुठी कार्यालय र उपमहानगरपालिकाबीच ल्याण्डफिल साइट निर्माणका लागि सम्झौता भइसकेपनि निर्माणतर्फ नलागेर धार्मिक महत्वका जग्गालाई डम्पिङ्ग साइट बनाउन प्रमुख साह लागि परेको उनले बताए।

एकीकृत शहरी विकास आयोजना अन्तर्गत ४८ करोड बजेट विनियोजन भई जग्गाका लागि समेत सम्झौता भइसकेपनि उपमहानगरपालिकाले त्यसतर्फ ध्यान नदिएको उनको भनाई छ। ल्याण्डफिल साइट निर्माण सम्बन्धमा बेलाबखत प्रमुख साहले विवादस्पद अभिव्यक्ति समेत दिने गरेको महासेठले दाबी गरे। 

महासेठले फोहोर व्यवस्थापन गर्न आफ्नो ट्रयाक्टर समेत नरहेको अवस्थामा नगर प्रमुखले करोड बढीको विलासी गाडी खरिद गर्नु लज्जास्पद रहेको जिकिर गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।