शनिबार, साउन ३०, २०८३

उखुबारी हत्या घटनाका तीन आरोपित सार्वजनिक

मोरङको उखुबारी र ललितपुरको ठेचोमा भएको हत्याको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
 |  शुक्रबार, माघ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २१, २०७८

मोरङ– मोरङको उखुबारी र ललितपुरको ठेचोमा भएको हत्याको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। तीन जनाको हत्यामा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङले उनीहरूलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो। 

मोरङको धनपालथान गाउँपालिका–७ उखुबारी र ललितपुरको गोदावरी नगरपालिका–१२ ठेचोमा हत्या गरेर गाडेको अवस्थामा तीनजनाको शव भेटिएको थियो। सुनसरीको धरान उपमहानगरपालिका–३ घर भई भक्तपुरमा बस्दै आएका ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ र सप्तरीको शम्भुनाथ नागरपालिका–४ घर भई काठमाडौंमा बस्दै आएका ३२ वर्षीय शम्भु चौधरीको शव मोरङको उखुबारीमा खाल्डो खनेर गाडेको अवस्थामा भेटिएको थियो। यस्तै तेह्रथुमका मोहनप्रसाद लिम्बूको शव ठेचोस्थित एक घरको पछाडिपट्टि गाडेको अवस्थामा शव भेटिएको थियो।

उक्तप घटनामा संलग्न रहेको आरोपमा पक्राउ पर्नेमा जहदा गाउँपालिका–४ सिस्वनी बस्ने २९ वर्षीय अमित साह भनिने दिनानाथ सोनार, काठमाडौं बल्खु बस्ने सिरहा, सिरहा नगरपालिका–२१ घर भएका ३१ वर्षीय अनिलकुमार मण्डल र मोरङ धनपालथान गाउँपालिका–७ कमलपुर पश्चिम टोल बस्ने ६२ वर्षीय नासिर आलम छन्। 

दिनानाथलाई मोरङ विराटनगर महानगरपालिका–५ दामाबन्दी चोकबाट अनिल कुमारलाई काठमाडौं महानगरपालिका–१३ बल्खुबाट र नासिर आलमलाई मोरङ विराटनगर  महानगरपालिका–१७ मटेरुवाबाट बिहीबार प्रहरीले पक्राउ गरेको थियो। 

कारोबार रकम एकलौटी बनाउने उद्देश्यले उनीहरुको हत्या गरिएको र यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। 

धनपालथान गाउँपालिका–७ बस्ने दिलीप सिंहको उखुबारीमा माघ १२ गते सप्तरी शम्भुनाथ नगरपालिका–४ ठेगाना भएका ३२ वर्षीय शम्भुकुमार चौधरी र माघ १३ गते सुनसरी धरान उपमहानगरपालिका–३ ठेगाना भएका ४८ वर्षीय राजेन्द्र कुमार श्रेष्ठको गाडिएको अवस्थामा शव फेला परेको थियो। 

घटना अनुसन्धानका क्रममा काठमाडौं महानगरपालिका–८ गोठाटार बस्ने तेह्रथुम सक्रान्ति–२ घर भएका ६३ वर्षीय मोहन लिम्बुको पनि हत्या गरी गाडिएको भनी खुल्न आएपछि महानगरीय अपराध महाशाखा काठमाडौंसँग समन्वय गरी ललितपुर गोदावरी नगरपालिका-१२ ठेचो चरङखेलस्थित गोदाम घर रहेको कम्पाउन्डमा उनको शव फेला परेको हो।

खाल्डो खन्न र पुर्न प्रयोग भएको १ थान कोदालो तथा ६ प्याकेट आयो नुन प्रहरीले बरामद गरेको  छ। प्रारम्भिक अनुसन्धानका क्रममा कारोबार रकम एकलौटी बनाउने उद्देश्यले उनीहरुको हत्या गरिएको र यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। 


प्रकाशित: Feb 04, 2022| 16:22 शुक्रबार, माघ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।