बुधबार, असार ३१, २०८३

गुठी संस्थानका कर्मचारी राउत घुससहित पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
महोत्तरी- महोत्तरी सदरमुकाम जलेश्वरस्थित गुठी संस्थान कार्यालयबाट एक कर्मचारी घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले संस्थानको शाखा कार्यालयमा असुली सहायक जयकुमार राउत शर्मालाई घुससहित पक्राउ गरेको हो। 

शर्मालाई सेवाग्रहीसँग ३५ हजार नगद घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको अख्तियारको बर्दिवास कार्यालय प्रमुख एसपी प्रवीण पोखरेलले जानकारी दिए।
शर्माले गुठी संस्थान अधिनस्त जग्गाको धितो फुकुवा गराइदिने भन्दै सेवाग्रहीसँग घुस रकम माग गरेका थिए। 

सेवाग्रहीले दिएको सूचनाको आधारमा पक्राउ गरिएको कार्यालयले जनाएको छ। करार सेवामा कार्यरत शर्मामाथि थप अनुसन्धान भइरहेको प्रमुख पोखरेलले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।