आइतबार, फागुन १७, २०८२

मधेश प्रदेशसभाको वार्षिकोत्सव समारोह स्थगित

प्रदेशसभाको वार्षिकोत्सव मनाउनका लागि तयार पारिएको त्रिपाल र मञ्चमा हावाहुरीले क्षति पुर्‍याएको छ। वार्षिकोत्सव समारोहका लागि जनकपुरस्थित प्रदेश सभा परिसरमा तयार पारिएको पन्डाल र टेन्ट उडाएपछि कार्यक्रम स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।
 |  शुक्रबार, माघ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २१, २०७८

kumari

काठमाडौं- तीव्र हावाहुरीका कारण मधेसको प्रदेशसभाको वार्षिकोत्सव समारोह स्थगित गरिएको छ। प्रदेशसभाको वार्षिकोत्सव मनाउनका लागि तयार पारिएको त्रिपाल र मञ्चमा हावाहुरीले क्षति पुर्‍याएको छ।

वार्षिकोत्सव समारोहका लागि जनकपुरस्थित प्रदेश सभा परिसरमा तयार पारिएको पन्डाल र टेन्ट उडाएपछि कार्यक्रम स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।

शुक्रबार बिहानैदेखि चलिरहेको हावाहुरीले वार्षिकोत्सवका लागि तयार गरेको पन्डालमा क्षति भएपछि कार्यक्रम स्थगित गरिएको हो। प्रतिकूल मौसमका कारण चौथो वार्षिकोत्सव कार्यक्रम स्थगित गरिएको जानकारी प्रदेश संसद सचिवालयले अतिथि र सांसदहरूलाई एसएमएस गरेर पठाएको थियो।

प्रकाशित: Feb 04, 2022| 15:00 शुक्रबार, माघ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।