काठमाडौं- मधेश प्रदेशमा हावाहुरीका कारण रूख ढल्दा च्यापिएर ३ जनाको मृत्यु भएको छ। धनुषाको सबैलामा २ जना र रौतहटमा १ जनाको मृत्यु भएको हो।
प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसपी तुलबहादुर कार्कीका अनुसार हावाहुरीले रुख ढाल्दा त्यसमा च्यापिएर मृत्यु हुनेमध्ये धनुषा सबैलाका ८ वर्षीया प्रतिमाकुमारी सदा र १२ वर्षीय अरविन्द सदा छन्।
विद्यालयमा रहेकै बेला त्यहाँको रुख ढल्दा दुवै विद्यार्थीको घटनास्थलमै मृत्यु भएको हो।
रौतहटमा हावाहुरीले ४५ वर्षीया फूलमती देवीको मृत्यु भएको छ। रुख ढलेर घरमाथि खस्दा घर भत्किएपछि च्यापिएर उनको मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ।