शनिबार, साउन ३०, २०८३

गोकर्णेश्वरका विद्यालय आइतबारदेखि खुल्ने

नगरपालिकाले नगर भित्रका सबै विद्यालय भौतिक दूरीसहित स्वास्थ्य मापदण्ड पुरा गरी सञ्चालन गर्न अनुरोध गरेको छ।
 |  शुक्रबार, माघ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २१, २०७८

काठमाडौं- गोकर्णेश्वर नगरपालिका भित्रका विद्यालय आगामी आइतबारदेखि खुल्ने भएका छन्। नगरपालिकाले सूचना जारी गर्दै विद्यालय खुल्ने जानकारी दिएको हो। 

नगरपालिकाले नगर भित्रका सबै विद्यालय भौतिक दूरीसहित स्वास्थ्य  मापदण्ड पुरा गरी सञ्चालन गर्न अनुरोध गरेको छ।

मापदण्ड पुरा गरे-नगरेको अनुगमन गर्ने नगरपालिकाका शिक्षा, स्वास्थ्य तथा खेलकुद शाखाका उपसचिव विजयप्रसाद आचार्यले जानकारी दिए। विद्यालय सम्बद्ध विभिन्न पेशागत संघ संगठनको माग अनुसार कक्षा सञ्चालन गर्ने निर्णय गरिएको सूचनामा उल्लेख छ। 

प्रकाशित: Feb 04, 2022| 13:22 शुक्रबार, माघ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।