बिहीबार, माघ १५, २०८२
  • गृहपृष्ठ
  • समाज
  • उखुबारी हत्या प्रकरण : कारोबार एकलौटी बनाउन साझेदारको हत्या

उखुबारी हत्या प्रकरण : कारोबार एकलौटी बनाउन साझेदारको हत्या

सुनसरीको धरान ३ का ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ र सप्तरीको सम्भुनाथ नगरपालिका ४ का ३२ वर्षीय शम्भु चौधरी र तेह्रथुमका ६२ वर्षीय मोहन लिम्बूको हत्या उनको योजनामा भएको प्रहरीले बताएको छ।
 |  शुक्रबार, माघ २१, २०७८

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

शुक्रबार, माघ २१, २०७८

विराटनगर- सिरहाका २९ बर्षीय अनिलकुमार मण्डलले कारोबार एकलौटी बनाउन तीन साझेदारको हत्या गरेको खुलेको छ।

National life

सुनसरीको धरान ३ का ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ र सप्तरीको सम्भुनाथ नगरपालिका ४ का ३२ वर्षीय शम्भु चौधरी र तेह्रथुमका ६२ वर्षीय मोहन लिम्बूको हत्या उनको योजनामा भएको प्रहरीले बताएको छ।  

मण्डलको योजनामा भारतीय हत्यारासमेत बोलाएर हत्या भएको प्रहरीले जनाएको छ। हत्यामा संलग्न भारतीय भने पक्राउ परेका छैनन्। प्रहरीले सिरहाको सिरहा नगरपालिका २१ का ३१ वर्षीय अनिलकुमार मण्डलसहित उनका दुई सहयोगीलाई पक्राउ परेका छन्।

मण्डललाई काठमाडौंबाट माघ २० गते पक्राउ गरेको प्रहरीले मोरङको जहदा-४ सिसवनीका २९ वर्षीय अमित साह भनिने दिननाथ सोनारलाई विराटनगर ५ बाट र धनपालथान ७ कमलपुर बस्ने ६२ वर्षीय नसिर आलमलाई विराटनगरको मटेरुवाबाट पक्राउ गरेको जनाएको छ। पक्राउ परेका तीन जनालाई शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको छ। 

श्रेष्ठ र चौधरीको शव मोरङको धनपालथान ७ स्थित बोर्डिङ टोलस्थित उखुबारीमा हत्यापछि गाडिएको अवस्थामा माघ १३ गते फेला परेको थियो। यस्तै लिम्बूको शव भक्तपुरको थेचोमा गाडिएकै अवस्थामा विहीबार फेला परेको थियो।

Laxmi sunrise bank
kumari

प्रहरीका अनुसार तीनै जनाको हत्या डोरी र गाम्छाले कसेर गरिएको थियो। हत्यापछि शव खाल्डोमा हालेर त्सलाई गलाउन नुन प्रयोग गरेको पाइएको छ।

प्रकाशित: Feb 04, 2022| 12:14 शुक्रबार, माघ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।