शनिबार, साउन ३०, २०८३

अविरल वर्षाका कारण चन्द्रागिरि डाँडामा हिमपात

चन्द्रागिरि रिसोर्ट, भालेश्वर मन्दिर, केवलकार स्टेशनलगायत क्षेत्रमा हिउँले ढाकेको चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहले बताए।
 |  शुक्रबार, माघ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २१, २०७८

काठमाडौं- गए रातिदेखि परेको अविरल वर्षाका कारण चन्द्रागिरि डाँडामा हिमपात भएको छ। राजधानीको  पर्यटकीय क्षेत्रको रुपमा रेहेको उक्त स्थानमा आज बिहानैदेखि हिमपात भएको हो।

चन्द्रागिरि रिसोर्ट, भालेश्वर मन्दिर, केवलकार स्टेशनलगायत क्षेत्रमा हिउँले ढाकेको चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहले बताए।

गत पुसको दोस्रो साता उक्त स्थानमा हिउँ परेकामा आज दोस्रोपटक बाक्लो हिमपात भएको हो। पहिलोपटक हिउँ पर्दा चन्द्रागिरिमा हजारौँ युवायुवती हिउँ खेल्न पुगेका थिए। पश्चिमी न्यून चापीय प्रणाली देशभर सक्रिय भएकाले अहिले हिमाली र उच्च पहाडी भेगमा हिमपात हुनाका साथै अन्य धेरै स्थानमा वर्षा भइरहेको छ।

यस्तै हिँउ परेकाकारण त्रिभुवन राजपथसमेत अवरुद्ध हुन पुगेको छ। गएरातिदेखि परेको  वर्षाका कारण उक्त राजपथअन्तर्गतको सिमभन्ज्याङमा बाक्लो हिँउ पर्दा बाटो अवरुद्ध भएको हो। हिमपातका कारण काठमाडौंबाट हेटौँडातर्फ प्रस्थान गर्ने सवारीसाधन बाटोमा रोकिएको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: Feb 04, 2022| 12:40 शुक्रबार, माघ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।