बुधबार, असार ३१, २०८३

ट्‍वीटर ट्रेन्डिङको एक नम्बरमा #BackOffMedicalEducationBill

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सरकारले माफिया पोस्ने चिकित्सा शिक्षा विधेयक संसदमा प्रस्तुत गरेपछि सामाजिक सञ्जालमा त्यसको व्यापक विरोध भएको छ।
 
डा गोविन्द केसीलाई बल प्रयोग गरी काठमाडौं ल्याइएको र संसदमा जनहितविपरित माफियालाई सहयोग पुग्ने चिकित्सा शिक्षा विधेयकको विरोधमा गरिएको ट्वीट  #BackOffMedicalEducationBill (चिकित्सा शिक्षा विधेयक फिर्ता गर) ट्‍वीटरको एक नम्बर ट्रेन्डिङमा छ।
 
माइक्रो ब्लग ट्‍वीटर प्रयोगकर्ताहरूले सरकारको दमन तथा हस्तक्षेपकारी व्यवहारको विरोध गर्दै डा गोविन्द केसीको समर्थनमा ट्वीट गरेका छन्। बिहीबार डा केसीलार्इ ल्याउन जुम्ला सरकारले हेलिकोप्टर पठाएपछि प्रयोगकर्ताहरू सामाजिक सञ्जालमार्फत् समर्थनमा थप सक्रिय भएका हुन्। यसमा १० हजारभन्दा बढी प्रयोगकर्ताले ट्वीट गरेका छन्।
 
उनी २० दिनदेखि अामरण अनसनरत छन्। धेरैले #IamwithdrKc (म डाक्टर केसीको साथ छु) भनेर समर्थन गरेका छन्। 
 
उनको पक्षमा अव्यिक्त भएका केही प्रतिनिधि ट्‍वीटहरू यस प्रकार छन्ः
 
रामेश‏@RaameshKoiral

रामेश कोइरालाले टि्वट गरेका छन्- आफ्नो दलीय झुकाव बिर्सिएर एक पटक आफैंले इमानदार प्रश्न गर्नुस् : केसी कसका लागि मर्दैछन् ? प्रधानमन्त्री बन्न वा स्वास्थ्य शिक्षाको लुट रोक्न ? सबै माग माने जनतालाई के बेफाइदा हुन्छ ? अझ पुराना निजी पनि किन सरकारीकरण नगर्ने ?

Subhash Ghimire @subhash580

प्रम ओलीजी, सन् १६७५ मा बेलायतका राजा चाल्र्स द्वितीयले लन्डनका कफी पसलहरू बन्द गर्न आदेश दिए । त्यो आदेशको ठूलो विरोध भयो र निर्णय उल्टियो र झण्डै राजसंस्था नै सकिएन। 

जुझारु केटी‏ @GitaChimoriya

सिसावाल गाडीमा गुड्ने र खोकी लाग्नेबित्तिकै विदेश उड्नेहरूले बुझ्दैनन्, जुम्लामा एउटा डाक्टर किन भोकै बसेको छ भन्ने विषय । स्वास्थ्य क्षेत्रलाई व्यापार होइन, सेवाको क्षेत्रमा बनाउन हामीले आवाज उठाउनुपर्छ। 

Niraj Paudel‏ @nirajpaudell

ए सरकार, बाटो केही महिनापछि बनाउन मिल्छ । रेल केही वर्षपछि ल्याउन मिल्छ । मेडिकल  कलेज पनि केही वर्षअघि खोल्न मिल्छ । तर, डाक्टर केसीको मुटुको चाललाई केही समयपछि धड्की भन्न मिल्दैन । तसर्थ, उनको ज्यान जोगाइदे । नत्र इतिहासले धिक्कार्ने छ । #SaveDrKC

Saud Sigdel  @saursigd 

अहिले किन डा. केसीलाई जुम्लाबाट काठमाडौं लेराऔं भन्छन् थाहा छ ? किनकि, जुम्लामा उनको उपचार गर्न सक्ने अस्पताल छैन, यही कर्णालीको मान्छेको नियति हो । यही नियति बदल्न डा. केसी सत्याग्रहमा छन् .. त्यसैले #IamwithDrKc #SaveDrKC #BackoffMedicalEducationBill
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।