काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टीले संगठन विभागलाई पूर्णता पाएको छ । पार्टीको विधानबमोजिम अध्यक्ष कमल थापाले विभाग प्रमुख राजेन्द्र लिङदेनको सिफारिसमा सदस्य सचिव र सदस्यहरू मनोनयन गरेका हुन् ।
सदस्य सचिवमा झापाका भक्तिप्रसाद सिटौला तथा सदस्यहरूमा जुम्लाका रमानन्द न्यौपाने, ललितपुरका पुष्पराज पुरुष, रामेछापकी रीता माझी र नुवाकोटका राम नेपाली मनोनित भएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४