शनिबार, मंसिर १३, २०८२

मनाङको हुम्डे झरनामा ‘आइस क्लाइम्बिङ’ प्रशिक्षण

हिमाल चढ्न चाहने व्यक्तिका लागि टेवा पुग्ने भएकाले मनाङ ङिस्याङ गा–४ हुम्डेमा रहेको ‘हुम्डे झरना’मा लेबल १ अन्तर्गतको ‘आइस क्लाइम्बिङ’ प्रशिक्षण दिइएको छ।
 |  बिहीबार, माघ २०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २०, २०७८

मनाङ- हिमाल चढ्न चाहने व्यक्तिका लागि टेवा पुग्ने भएकाले मनाङ ङिस्याङ गा–४ हुम्डेमा रहेको ‘हुम्डे झरना’मा लेबल १ अन्तर्गतको ‘आइस क्लाइम्बिङ’ प्रशिक्षण दिइएको छ। 

National life

हिमपातको समयमा पर्वतारोहण गर्ने पर्वतारोहीका लागि सहज हुने भएकाले प्रशिक्षण दिइएको मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले जानकारी दिए। उनका अनुसार सो प्रशिक्षणमा पाँच प्रशिक्षार्थीको सहभागिता रहेको थियो। उनीहरुलाई दुई जना प्रशिक्षकले प्रशिक्षण दिएको अध्यक्ष घलेले बताए। 'पाँच जनालाई नौ दिनसम्म तालिम प्रदान गरिएको थियो। प्रशिक्षकहरूले प्रशिक्षणको अनुभव आदानप्रदानसमेत गर्नुभएको थियो', उहाँले भन्नुभयो।

नेपाल पर्वतारोहण प्रशिक्षण सङ्घद्वारा आयोजित प्रशिक्षणमा नेपाल नेशनल माउण्टेन गाइड एशोसिएशनको सहयोग रहेको छ। 'आइस क्लाइम्बिङ प्रशिक्षणले पनि हिउँदमा पर्यटक तान्न टेवा पु¥याउनेछ। यसलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रयास गर्नेछौँ', अध्यक्ष घलेले भने।

तालिममा प्रशिक्षकले आफ्नो अनुभव बाँडेको र तालिम एकदमै सफल भएको तासी शेर्पाले बताए। 'तालिमले नयाँ अनुभव सँगाल्न र रोमाञ्चकसमेत बनाएको छ। आगामी दिनमा पनि यसलाई निरन्तरता दिएर एउटा साहसिक खेलका रूपमा विकास गर्न सके अझ महत्वपूर्ण हुनेछ', उनले भने।

यहाँ सशस्त्र प्रहरीले हाइ अल्टिच्युड र पर्वतारोहणका क्रममा हुनसक्ने जोखिममा सहयोग गर्नका लागि प्रशिक्षण केन्द्र पनि रहेको छ। मनाङको हुम्डेमा नेपाल पर्वतारोहण संघद्वारा विसं २०३७ मा मनाङ माउन्टेन रिङ स्कूल स्थापना गरिएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 03, 2022| 22:30 बिहीबार, माघ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।