शनिबार, मंसिर १३, २०८२

सम्पन्‍नले मात्र होइन, विपन्‍नले पनि छाड्न थाले गाउँ

श्रीमान् वैदेशिक रोजगारीमा गएपछि श्रीमती छोराछोरीलाई लिएर बजार झर्ने गरेकाले ग्रामीण बस्तीमा जनसङ्ख्या पातलिँदै गएको म्याग्दी बहुमुखी क्याम्पसका पूर्वप्रमुख रामजीप्रसाद सुवेदीले बताए। 'घर संरक्षणको अभावमा खाली हुँदा खेतबारी बाँझोमा परिणत भएको छ, सङ्घीयताले पनि गाउँ फर्किने वातावरण बनाउन सकेन,' उनले भने।
 |  बुधबार, माघ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ १९, २०७८

म्याग्दी- म्याग्दीको ग्रामीण क्षेत्रमा वैदेशिक रोजगारी, सेवा सुविधाका लागि ठूला सहर र जिल्लाबाहिर बसाइँसराइ गर्नेको सङ्ख्या बढेपछि ग्रामीण क्षेत्र खाली हुँदै गएका छन्। संघीयताको प्रयोग ग्रामीण क्षेत्रसम्म पुगे पनि शिक्षादीक्षा, रोजगारी तथा अन्य विभिन्न कारणले सहरबजारमा झर्नेको सङ्ख्या नरोकिएसँगै ग्रामीण बस्तीमा प्रयोगविहीन अवस्थामा रहेका पुराना घर जीर्ण भएसँगै जनसङ्ख्या वृद्धिदर ऋणात्मक हुने अवस्थामा पुगेको छ।

National life

विसं २०६८ मा एक घर परिवारभित्र ४.०९ जना रहेकामा केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ को प्रारम्भिक नतिजामा ३.६७ जना मात्र बस्ने गरेको देखिन्छ। ग्रामीण क्षेत्रबाट सुविधाको खोजीमा बाहिरिनेको सङ्ख्या उकालो लागेको जनगणना कार्यालय म्याग्दीका पूर्वकार्यालय प्रमुख घनश्याम सापकोटाले बताए। 'बसाइँसराइको अवस्था चिन्ताजनक छ, गाउँका घर खाली भएको अवस्थामा सहरबजारबाटै विवरण संकलन धेरै भएको छ,' उनले भने।

उनले खाली भएका घरपरिवार वैदेशिक रोजगारी र सहरबजारमा धेरै रहेको बताए। जिल्लाको ६ वटै स्थानीय तहमा समेत विसं २०६८ को जनगणनाअनुसार जनसङ्ख्या कमी रहेको देखिन्छ। 

जिल्लाबाट भारतसहित तेस्रो मुलुकमा विदेसिनेको सङ्ख्या १० हजार ७१३ रहेको छ। यसमा पुरुष आठ हजार ८४३ र महिला एक हजार ८७०  छन्। पच्चीस  हजार ३७४ घरधुरी २९ हजार २४२ परिवार सङ्ख्याको बसोबास छ। ९५.८७ लैङ्गिक अनुपात, औसत परिवारको आकार ३.६७ र जनघनत्व ४७ रहेको छ। 

जिल्लाको कूल जनसङ्ख्याको घरपरिवारमा अनुपस्थित अर्थात् विदेशमा अक्सर बसोबास गर्नेहरू ०।४९ प्रतिशत  छ। वैदेशिक रोजगारीमा महिलाको तुलनामा पुरुषको सङ्ख्या अत्यधिक छ। पछिल्ला वर्षमा महिलासमेत तेस्रो राष्ट्रमा रोजगारीका लागि जाने प्रतिस्पर्धा भएकाले महिला र पुरुषको जनसङ्ख्याको अन्तर घट्दो रहेको छ। 

Laxmi sunrise bank
kumari

श्रीमान् वैदेशिक रोजगारीमा गएपछि श्रीमती छोराछोरीलाई लिएर बजार झर्ने गरेकाले ग्रामीण बस्तीमा जनसङ्ख्या पातलिँदै गएको म्याग्दी बहुमुखी क्याम्पसका पूर्वप्रमुख रामजीप्रसाद सुवेदीले बताए। 'घर संरक्षणको अभावमा खाली हुँदा खेतबारी बाँझोमा परिणत भएको छ, सङ्घीयताले पनि गाउँ फर्किने वातावरण बनाउन सकेन,' उनले भने। 

उनले शिक्षित र आर्थिक रुपमा सम्पन्न मात्रै नभई विपन्न परिवारसमेत गाउँबाट विस्थापित हुन थालेकामा चिन्ता व्यक्त गर्नुभयो। सङ्घीय व्यवस्था लागू भएपछि गाउँघरमै सरकारी सुविधासहित शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकताले ग्रामीण बसाइमा आकर्षित गर्ने नसकेको अवस्थामा नयाँ जनसङ्ख्याको अवस्थालाई डेमोग्राफिक विश्लेषणको आवश्यकता देखिएको सुवेदीले बताए। 

बसाइँसराइको कारण ग्रामीण क्षेत्रका विद्यालयमा समेत विद्यार्थीको सङ्ख्या कम छ। गाउँमा उत्पादन भएका वस्तु सहरमा बिक्री हुने गरेको खाद्यान्न र कृषिजन्य वस्तु समेत बजारबाट आयात गर्नुपर्ने अवस्था छ।

'युवाहरू विदेशमा छन्, अशक्त वृद्धवृद्धाको सेवा गर्नेहरूको समेत कमी छ,' मालिका गाउँपालिकाकी उपाध्यक्ष खरमायाँ विटालुले बताए। उनले गाउँमै रोजगारीका लागि स्थानीय तहबाट विभिन्न योजनाहरू सञ्चालन गरे पनि आम्दानीको हिसाबले  सन्तुष्ट हुने अवस्था नभएकाले सहर बजार र विदेश जाने गरेका बताए।

बसाइँसराइको कारण गाउँबस्ती पातलिँदै जान थालेपछि विरानो बन्दै गएको समेत जनप्रतिनिधिको भनाइ छ। म्याग्दीमा २०६८ सालको जनगणनाअनुसार एक लाख १३ हजार ६४१ जना जनसङ्ख्या रहेको जिल्लामा २०७८ को प्रारम्भिक नतीजामा एक लाख सात हजार ३७२ देखिएको छ। 

 जिल्लाका गाउँ-नगरपालिकाको जनसङ्ख्या स्थिति

क्रम सं पालिकाको नाम २०७८ २०६८

अन्नपूर्ण गाउँपालिका १२३५१ १३३१५

बेनी नगरपालिका ३३०६२ ३३४९८

धवलागिरि गाउँपालिका १२६०४ १४१०४

मालिका गाउँपालिका १८३४६ १९४५८

मङ्गला गाउँपालिका १४७७२ १६२८६

रघुगङ्गा गाउँपालिका १४२३२ १५७५३


प्रकाशित: Feb 02, 2022| 21:35 बुधबार, माघ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।