बुधबार, असार ३१, २०८३

धनगढीमा चक्कु प्रहारबाट एक जनाको मृत्यु 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ७ मनकापुरमा चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ। छिमेकीको चक्कु प्रहारबाट गम्भीर घाईते भएका मान बहादुर समै मगरको उपचारका क्रममा मृत्यु भएको हो। 

उनको मसुरीयामा उपचार सम्भव नभए पछि सेती अञ्चल अस्पताल धनगढी पुर्‍याइएको थियो। त्यहि उपचारका क्रममा मृत्यु भएको हो। 

बुधवार साँझ करिव साढे ५ बजे सोही ठाउँ बस्ने नर बहादुर विक र उनका छोरा रमेश विकले मगरको छातीमा चक्कु प्रहार गरेको बताइएको छ। चक्कु प्रहार गर्ने दुवै जनालाई प्रहरीले बुधबार साँझ नै पक्राउ गरी आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको कैलाली प्रहरीले जनाएको छ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।