बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डा केसीलार्इ जबरजस्ती काठमाडौं उडाइयो, जुम्लामा कर्फ्यु

डा केसीलार्इ जबरजस्ती काठमाडौं उडाइयो, जुम्लामा कर्फ्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सरकारले डा गोविन्द केसीलार्इ जबरजस्ती काठमाडौं ल्याउँदै छ। नेपालगञ्जबाट जुम्ला पुगेको नेपाली सेनाको हेलिकोप्टरमा डा केसीलार्इ ल्याउन लागिएको डा केसीको वार्ता समितिका सदस्य डा सुरेन्द्र भण्डारीले नेपाल समयलार्इ बताए।

डा भण्डारीका अनुसार डा केसीले सरकारी हेलिकोप्टरमा जान अस्वीकार गरेपछि प्रहरीले थप गोली चलाउने धम्की दिएपछि डा केसी जुम्लाका बासिन्दाको रक्षाका लागि काठमाडौं आउन तयार भएका हुन्। 

यसअघि प्रहरी चलाएको गोली लागेर घाइते भएका प्रहरी जवानको उपचार भइरहेको प्रहरीले जनाएको छ। अस्पताल स्रोतका अनुसार उनको शरीरबाट धेरै रगत बगेको छ। त्यहाँ पर्याप्त रगत नभएकाले रगत खोजी भइरहेको छ। प्रहरीको लाठीचार्जबाट दर्जनौं केसी समर्थक चिकित्सक, विद्यार्थी तथा स्थानीय बासिन्दा घाइते भएका छन्। डा केसीलार्इ जबरजस्ती ल्याउने भएपछि स्थानीय बासिन्दाले माला लगाएर बिदाइ गरेका हुन्। 

अहिले जुम्ला सदरमुकाम खलंगामा कर्फ्यू लगाइएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।