शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्थानीय निर्वाचनको सुरक्षा कार्ययोजना पेस गर्न गृहमन्त्रीको निर्देशन

स्थानीय निर्वाचनको सुरक्षा कार्ययोजना पेस गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले चारवटै सुरक्षा निकायलाई स्थानीय तहको निर्वाचनसम्बन्धी कार्ययोजना पेस गर्न निर्देशन दिएका छन्।
 |  बुधबार, माघ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ १९, २०७८

काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणले चारवटै सुरक्षा निकायलाई स्थानीय तहको निर्वाचनसम्बन्धी कार्ययोजना पेस गर्न निर्देशन दिएका छन्। 

निर्वाचन आयोगले सरकारलाई आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव गरेको छ। उक्त प्रस्तावमा सरकारले निर्णय गरिसकेको छैन। तर, सुरक्षा निकायलाई तयार रहन र आवश्यक सुरक्षा रणानीतिबारे छलफल गर्न बैठक बसेको थियो।

बैठकमा गृहसचिव टेकनारायण पाण्डे, नेपाली सेनाका रथी बालकृष्ण कार्की, प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेलको उपस्थिति थियो। सुरक्षा निकाय प्रमुखले निर्वाचन सुरक्षासम्बन्धी आ-आफ्नो धारणा राखेका थिए।

गृहमन्त्री खाणले कोरोना महामारीको अवस्थामा नागरिकमा परेको समस्यालाई मध्यनजर गर्दै सुरक्षाको आवश्यक तयारी गर्न र निर्वाचनको सुरक्षा कार्ययोजना पेस गर्न निर्देशन गरेका हुन्।

प्रकाशित: Feb 02, 2022| 17:55 बुधबार, माघ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।