बुधबार, असार ३१, २०८३

'डा केसीको अनसन, माफियालार्इ टेन्सन' (भिडियो)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- चिकित्सा शिक्षा सुधारको माग राख्दै २० दिनदेखि अनशनरत डा गोविन्द केसीको समर्थनमा चिकित्सकहरुले बृहत विरोध जुलुस प्रदर्शन गरेका छन्। 

आकस्मिकबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरेर बिहिबार विरोधमा उत्रिएका डा केसीको समर्थकहरुले 'डा केसीको अनसन, माफियालार्इ टेन्सन' लगायतका नारा लगाउँदै माइतिघरबाट नयाँ बानेश्वर चोकसम्म पदर्शन गरेका हुन्। 

प्रचण्ड गर्मीको प्रवाह नगरी डा केसीको जीवन रक्षाको माग गर्दै समर्थकहरु विरोधमा उत्रिएका हुन्। प्रदर्शनमा हुनसक्ने घटनालार्इ मध्यनजर गर्दै सरकारले ठुलो संख्यामा प्रहरी परिचालन गरेको थियो। 

प्रदर्शनकारीहरुले तत्काल डा केसीले राखेका मागहरु पुरा गर्नुपर्ने बताएका थिए। प्रदर्शनमा नागरिक समाज, अधिकारकर्मी, विभिन्न पेसागत संगसंठनका पदाधिकारी, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो। 




 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।