बागलुङ- नेपाल पत्रकार महासंघ बागलुङका संस्थापक पत्रकार विदुर खड्काको ७९ वर्षको उमेरमा निधन भएको छ।
मिर्गौलासम्बन्धी समस्याबाट ग्रसित खड्काको मंगलबार बिहान निधन भएको हो। २०२२ सालमा गोरखापत्र दैनिकको संवाददाता भएर पत्रकारिता थालेका खड्काले २०२८ सालमा बागलुङमा धौलाश्री साप्ताहिक पत्रिका प्रशासन गरेका थिए।
उक्त पत्रिकालाई २०५८ सालमा दैनिक बनाइएको थियो। २०६३ सम्म दैनिक चलाएपछि धौलाश्री अनलाइन हालसम्म प्रकाशनमा छ। खड्का धौलाश्री अनलाइनका प्रधानसम्पादकसमेत हुन्। उनले पुँवार खड्काको इतिहास नामक पुस्तकसमेत लेखेका छन्।