शनिबार, साउन ३०, २०८३

ब्राउन सुगरसहित एक युवक पक्राउ

झापाको बिर्तामोड नगरपालिका-५ को पञ्चकन्या चोकबाट प्रहरीले ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ।
 |  बुधबार, माघ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ १९, २०७८

झापा- झापाको बिर्तामोड नगरपालिका-५ को पञ्चकन्या चोकबाट प्रहरीले ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ। अस्थायी प्रहरी पोष्ट नयाँ बस पार्कबाट खटिएको प्रहरी टोलीले २४ वर्षीय सुनिल लिम्बूलाई मंगलबार साँझ पक्राउ गरेको हो। 

उनको साथबाट २९ ग्राम ब्राउन सुगर, नगद दुई हजार र दुई थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय अनारमनी झापामा राखेर उनीविरुद्ध अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए। 

उनका अनुसार प्रहरीले अनुसन्धानका लागि बुधबार जिल्ला अदालत झापाबाट म्याद थप अनुमति लिएको छ।

प्रकाशित: Feb 02, 2022| 12:53 बुधबार, माघ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।