शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नक्कली पीसीआर रिपोर्ट बनाउने गिरोहमा संलग्न चार जना पक्राउ

नक्कली पीसीआर रिपोर्ट बनाउने गिरोहमा संलग्न चार जना पक्राउ

नक्कली पिसिआर रिपोर्ट बनाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
 |  बुधबार, माघ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ १९, २०७८

काठमाडौं- नक्कली पिसिआर रिपोर्ट बनाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। दुई अस्पतालका कर्मचारी र बिचौलिया गरी चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

भक्तपुरमा रहेको नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेड र तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रालिमा कार्यरत कर्मचारी र बिचौलियालाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ।

महाशाखाको टोलीले मंगलबार छापा मारेर चार जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा धनुषाको विदेह नगरपालिका-४ घर भई ललितपुर ग्वार्को बस्ने २५ वर्षीय रोशनकुमार छिट्टान, धनुषाकै छिरेश्वर नगरपालिका-१ घर भई गौशाला बस्ने २५ वर्षीय नागेन्द्र यादव, काभ्रेको तेमाल गाउँपालिका-५ घर भई सूर्यविनायक बस्ने २१ वर्षीय माधव मैनाली र सर्लाहीको बलरा नगरपालिका-७ घर भई कौशलटार बस्ने २४ वर्षीय नागरिक अस्पतालका ल्याब प्रबन्धक प्रशन्नकुमार झा रहेका छन्। छिट्टाबाहेक अरु अस्पतालकै कर्मचारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीले दुई जना फरार रहेको जनाएको छ। फरार हुनेमा रौतहटको राजदेवी नगरपालिका-४ घर भई भक्तपुर दुवाकोट बस्ने नागरिक अस्पतालकै पिसिआर ल्याब सञ्चालक ४० वर्षीय भावेश मिश्र र कान्तिपुर अस्पतालका पिसिआर ल्याब सञ्चालक ४० वर्षीय निर्मल गिरी छन्।

उनीहरूको साथबाट पिसिआर रिपोर्ट जेनेरेटर गर्न प्रयोग भएको कम्युटर मोनिटर १ थान, ल्यापटक १ थान, सीपीयू ३ थान, पिसिआर दर्ता रजिष्टरहरु, पिसिआर रिपोर्टहरू, रसिद र मोबाइल पाँच थान बरामद गरेको प्रहरीले जनाएको छ।

उनीहरूले वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई नक्कली पिसिआर रिपोर्ट बनाएर दिने गरेको पाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: Feb 02, 2022| 12:47 बुधबार, माघ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।