पोखरा- पोखराबाट लागूऔषधसहित ब्राउनसुगरसहित प्रहरीले दुई जना पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपन्देही तिलोत्तमा-२१ बुधबारेका २१ वर्षीय सुमन रौतार थारु र पाल्पा रेब्दीकोट गाउँपालिका-८ सोमरका २१ वर्षीय सुमन रायमाझी रहेका छन्।
उनीहरूलाई पोखराको लेकसाइडबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी एवं प्रहरी प्रवक्ता सुन्दर तिवारीले बताए। उनीहरूको साथबाट १३ ग्राम एक सय मिलिग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ।
कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा ८ दिनको म्याद थप गरी उनीहरूमाथि प्रहरीले अनुसन्धान थालेको जनाएको छ।