शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भाषा र संस्कृति संरक्षण गर्नु राज्यको दायित्व : अध्यक्ष नेपाल

भाषा र संस्कृति संरक्षण गर्नु राज्यको दायित्व : अध्यक्ष नेपाल

यस्ता पर्वले मौलिक संस्कृति प्रवर्द्धन, सामाजिक सद्भाव अभिवृद्धि र राष्ट्रिय एकता सुदृढ गर्न महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको जनाउँदै पूर्वप्रधानमन्त्री नेपालले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम, हार्दिकता र सम्मान कायम गर्दै सामाजिक न्याय र समानतासहितको समुन्नत समाजवादी मुलुक निर्माण गर्ने दिशातर्फ अग्रसर हुन सोनाम ल्होसारले सबैमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।
 |  बुधबार, माघ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ १९, २०७८

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकका सबै जातजाति तथा समुदायको भाषा, संस्कृति तथा पहिचानको संरक्षण गर्नु राज्यको कर्तव्य भएको बताएका छन्। 

तामाङ समुदायले नयाँ वर्षका रूपमा मनाउने सोनाम ल्होसार २०७८ का अवसरमा सम्पूर्ण दिदीबहिनी तभा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दै उनले  बहुजातीय, बहुधार्मिक र बहुप्राकृतिक विशेषतायुक्त नेपालका विभिन्न समुदायका रीति, परम्परा र संस्कृति मौलिक पहिचान र बहुमूल्य सम्पत्ति भएको बताए।  

यस्ता पर्वले मौलिक संस्कृति प्रवर्द्धन, सामाजिक सद्भाव अभिवृद्धि र राष्ट्रिय एकता सुदृढ गर्न महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको जनाउँदै पूर्वप्रधानमन्त्री नेपालले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम, हार्दिकता र सम्मान कायम गर्दै सामाजिक न्याय र समानतासहितको समुन्नत समाजवादी मुलुक निर्माण गर्ने दिशातर्फ अग्रसर हुन सोनाम ल्होसारले सबैमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित: Feb 02, 2022| 10:25 बुधबार, माघ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।