शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ज्यान गुमाएका पत्रकार विश्वकर्माको परिवारलाई सहयोग

ज्यान गुमाएका पत्रकार विश्वकर्माको परिवारलाई सहयोग

श्रमजीवी पत्रकार संघ नेपालको पहलमा टिभी टुडे टेलिभिजनको व्यवस्थापन पक्षले एक लाख स्व पत्रकार विश्वकर्माकी श्रीमती निर्मला विकका नाममा रहेको नबिल बैंकको खातामा जम्ममा गरेको छ।
 |  बुधबार, माघ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ १९, २०७८

काठमाडौं- स्वर्गीय पत्रकार लालबहादुर (एलबी) विश्वकर्माको परिवारलाई एक लाख आर्थिक सहयोग गरिएको छ। श्रमजीवी पत्रकार संघ नेपालको पहलमा टिभी टुडे टेलिभिजनको व्यवस्थापन पक्षले एक लाख स्व पत्रकार विश्वकर्माकी श्रीमती निर्मला विकका नाममा रहेको नबिल बैंकको खातामा जम्ममा गरेको छ। 

टेलिभिजनले यसअघि विश्वकर्माको कीरिया खर्चवापत २१ हजार उपलब्ध गराएको थियो। टिभी टुडेमा कार्यरत विश्वकर्माको यही माघ ५ गते राति ललितपुरस्थित पाटन अस्पतालमा निधन भएको थियो। पत्रकार विश्वकर्मालाई सुरुमा उपचारका लागि नयाँबानेश्वरस्थित सिभिल अस्पताल  पुर्‍याइएको थियो। रकम अभावका कारण विश्वकर्मालाई त्यहाँबाट फर्काइएको उनको आरोप छ।

पत्रकार संघ-संघठनले समयमै उपचार नपाएर ज्यान गुमाएका पत्रकार विश्वकर्माको घटनाको न्यायिक छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै आएका छन्। अछामको रामारोशन घर भएका २६ वर्षीय स्वर्गीय विश्वकर्माका श्रीमती र तीन वर्षीय छोरा छन्। 

प्रकाशित: Feb 02, 2022| 09:55 बुधबार, माघ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।