आइतबार, भदौ २३, २०८१

nespernesper

'सुविधा केइ नाइँ, जोखिम मोलेर घरमै बच्चा जन्माउँदा छौं'

डोटी जिल्लाको दुर्गम गाउँपालिकाको दुर्गम वडाका सत प्रतिशत महिलाले घरमै बच्चा जन्माउने गरेका छन्।
 |  बुधबार, माघ १९, २०७८

भीम चौधरी

भीम चौधरी

बुधबार, माघ १९, २०७८

धनगढी- डोटी जिल्लाको दुर्गम गाउँपालिकाको दुर्गम वडाका सत प्रतिशत महिलाले घरमै बच्चा जन्माउने गरेका छन्।

triton college

जिल्लाको बडिकेदार गाउँपालिका-२ का सत प्रतिशत महिलाले घरमै बच्चा जन्माउने गरेका हुन्।  गाउँपालिकाकै दुर्गम वडा मानिने वडा नम्बर २ मा वर्थिङ सेन्टर नहुँदा यहाँका महिलाले जोखिम मोलेर घरमै बच्चा जन्माउँदै आएको बताएका छन्। 

वडा नम्बर २ गतपसेराकी दीपा विकले घरमै शिशु जन्म दिएको बताइन्। ‘घरमै बच्चा जन्मियो। विकट ठाउँ त्यही त हो,’ मुस्कुराउँदै दुधे बालक बोकेकी दीपा विकले भनिन्, ‘वर्थिङ सेन्टर छैन। बाहिर लैजाऊ भने गाडी पनि चल्दैन।’ सुविधा भइदिए अस्पतालमा जन्माइने उनले बताइन्।  ‘सुविधा केई नाइँ! लगिदिने मान्छे पनि कोही नाइँ! के गर्ने? घरमै बच्चा जन्माउँदा छौं,’ उनले भनिन्।

सायलकी सीता विकले तीन बच्चा घरमै जन्माएको बताइन्। ‘सबै बच्चा घरमै जन्माए’ उनले भनिन्, ‘के गर्नु हजुर हामी विकट ठाउँको अस्पताल छैन।’

काखे बालक बोकेकी गतपसेराकी पद्मा विकले सात बच्चा घरमै जन्माएको बताइन्। ‘६ भाइ छोरा एक छोरी सबै घरमै जन्माए’ उनले भनिन्, ‘विकट ठाउँ भइहाल्यौं, गाडी मोटर चल्ने भए अस्पताल लैजान्थ्यौं।’

Metro Mart
vianet

सडेखानकी खगिसरा लामिछानेले पनि सबै बच्चा घरमै जन्माएको बताइन्। ‘चार बच्चा छन्। सबै घरमै जन्माए,’ खगिसराले भनिन्, ‘अस्पताल भए पो लग्नु। कोही घरमा त कोही जंगलमा जन्मिए।’ उनले सुविधा नभएर आफूहरूले जोखिम मोल्ने गरेको उनको भनाइ छ।

बडिकेदार गाउँपालिकाकी उपाध्यक्ष ईन्द्रा बोहरा भाटले वर्थिङ सेन्टर नहुँदा महिलाले घरमै सुत्केरी हुने गरेको स्वीकार गरिन्।

‘अहिले कपडामा जन्माउँछ भन्छन्। हामीले पाखापखेरामा जन्मायौं। कोही घाँस काट्दै त कोही दाउरा काट्दै बोकेर घर ल्यायौं,’ उनले भनिन्, ‘के गर्ने त जस्तो छ त्यस्तै गर्‍यौं सरकारले नहेरेपछि।’ 

सडेखानकी मनीषादेवी लामिछानेले तीन घरमा र एक कैलालीको किम्तोलास्थित वर्थिङ सेन्टर पुगेर बच्चा जन्माइन्। ‘तीन बच्चा घरमै सहजै जन्मिए,’ मनीषादेवीले भनिन्, ‘बच्चा जाली भित्र भएकाले पाँच घण्टा स्टेचरमा बोकेर किम्तोला वर्थिङ सेन्टरमा बच्चा जन्माए।’ अस्पताल नहुँदा समस्या झेल्दै गरेको उनले बताइन्। किम्तोला कैलालीको चुरे गाउँपालिका वडा नम्बर १ मा पर्छ।  

सडेखान सामुदायिक स्वास्थ्य इकाईका प्रमुख निर्मल साउँदले वडा नम्बर २ मा वर्थिङ सेन्टर नहुँदा महिलाले घरमै बच्चा जन्माउने गरेको बताए। गर्भवती महिलाले समस्याले लिएर स्वास्थ्य केन्द्रमा पुग्ने गरे पनि वर्थिङ सेन्टर नहुँदा बाहिर लग्न सुझाव दिने गरेको प्रमुख निर्मल साउँदले बताए। 

‘वर्थिङ सेन्टर नहुँदा स्वास्थ्य संस्थामा सुत्केरी भएको छैन,’ निर्मल साउँदले भने, ‘सेवाग्राहीको संख्या धेरै छ। उनीहरू घरमै बच्चा जन्माउँछन्।’ समस्या ठूलो भए गर्भवती महिलालाई स्टेचरमा बोकेर अन्यत्र  लैजाने गरेको उनले बताइन्।

बडिकेदार गाउँपालिकाकी उपाध्यक्ष ईन्द्रा बोहरा भाटले वर्थिङ सेन्टर नहुँदा महिलाले घरमै सुत्केरी हुने गरेको स्वीकार गरिन्। 'वर्थिङ सेन्टर नहुँदा घरमै सुत्केरी हुने अवश्य देखिन्छ,’ उपाध्यक्ष भाटले भनिन्, ‘स्थापना भएको वर्थिङ सेन्टरमा पनि सत प्रतिशत महिला सुत्केरी हुन आउँदैनन्।’ 

उपाध्यक्ष भाटले भौगोलिक विकटता र प्रयास गर्दा पनि संरचना अभावमा वर्थिङ सेन्टर स्थापना गर्न नसकेको बताइन्। ‘२/४ वर्ष पहिले भवन निर्माण गर्थ्यौं नम्बरी जग्गाको अभाव हुँदा सकिएन,’ उनले भनिन्, ‘अरू वडामा छन्। २ नम्बर वडामा पनि बनाउने प्रयास गरिरहेका छौं।’

प्रकाशित: Feb 02, 2022| 08:20 बुधबार, माघ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।