बुधबार, असार ३१, २०८३

सरकारसँग झुकेर काठमाडौं जान तयार भएको होइन : डा. केसी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- जुम्लामा आमरण अनशनरत डा. गोविन्द केसीले सरकारसँग झुकेर काठमाडौं जान तयार नभएको बताएका छन् । डा. केसीका सहयोगी विशद दाहालका अनुसार जुम्लामा नरसंहार मच्चिन नदिन मात्र आफू काठमाडौं जान तयार भएको उनले बताए । 

'म सरकारसँग डराएर र झुकेर काठमाडौं जान तयार भएको होइन,' डा. केसीले सहयोगीहरूसँग भने, 'म सरकारको प्रतिवाद गर्दै काठमाडौं जान तयार छु । सरकारले शुरु गरेको नरसंहार मेरो कारणले भयो भने मलाई आत्मग्लानी हुन्छ ।' सरकारको हेलिकोप्टरमा आफू काठमाडौं नजाने उनले स्पष्ट पारेका छन् । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थिति तनावपूर्ण छ । 'एक चरणको नरसंहार मच्चाएर अहिले सरकार पछाडि हटेको छ,' दाहालले नेपाल समयसँग भने, 'फेरि पनि आक्रमण गर्नलाई प्रहरी तम्तयार अवस्थामा बसेको छ ।' 

अनशनस्थलमा प्रहरीले अन्धाधुन्द लाठीचार्ज, अश्रु ग्यास र सिसाको गोली प्रहार गर्दा करिब ४० जना घाइते भएको दाहालले जानकारी दिए । घाइते हुनेहरूमा चिकित्सक, नर्स, विद्यार्थी र अस्पताल कर्मचारीहरू छन् । उनीहरूलाई प्रहरीले अन्धाधुन्द पिटेको छ । अस्पतालभरि अश्रु ग्यास फैलिएको छ । अश्रु ग्यासका कारण धेरै जना बेहोस भएका छन् । 

प्रहरीकै गोली लागेर एक प्रहरी जवान घाइते भएका छन् । अस्पताल परिसरमा सिसाका गोली र खोका छरिएका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।