शुक्रबार, कात्तिक २८, २०८२

कोरोनाबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग

मण्डनदेउपुर र पनौती नगरपालिकाले कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग प्रदान गरेका छन्। साथै, मण्डनदेउपुर नगरले कोरोनाबाट ग्रसित भई भेन्टिरलेटरमा उपचार गराएकालाईसमेत सहयोग गरेको जनाएको छ।
 |  मंगलबार, माघ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १८, २०७८

काभ्रेलाञ्‍चोक- मण्डनदेउपुर र पनौती नगरपालिकाले कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग प्रदान गरेका छन्। साथै, मण्डनदेउपुर नगरले कोरोनाबाट ग्रसित भई भेन्टिरलेटरमा उपचार गराएकालाईसमेत सहयोग गरेको जनाएको छ। 

National life

मण्डनदेउपुर नगरले कोरोनाबाट मृत्यु भएकाको प्रतिपरिवारलाई रु पचास हजार र भेन्टिलेटरमा उपचार गरेकालाई रु २५ हजारका दरले आर्थिक सहयोग प्रदान गरेको हो। कोरोना सङ्क्रमणबाट उक्त नगरका १८ को मृत्यु भएको थियो भने दुई दर्जनभन्दा बढीले भेन्टिलेटरमा उपचार गराएका थिए। मृतक र कोरोनाबाट पीडितको परिवारमा केही राहत होस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरेको नगरप्रमुख टोकबहादुर वाइवाले बताए।

वाइवाका अनुसार नगरले कोरोनाको दोस्रो तथा तेस्रो लहरमा सङ्क्रमितलाई उपचारार्थ अस्पताल आउजाउका लागि तीन एम्बुलेन्ससमेत निःशुल्क रूपमा व्यव-स्थापन गरेको थियो। मण्डनदेउपुरमा हाल कोरोनाका १३ महिलासहित २२ सक्रिय सङ्क्रमित रहेका छन्। तेस्रो लहरमा काभ्रेपलाञ्चोकमा मृत्यु भएका दुई पुरुषमध्ये एक मण्डनदेउपुरका हुनुहुन्थ्यो। 

यस्तै, पनौती नगरले पनि कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको प्रतिपरिवारलाई रु २५ हजारका दरले आर्थिक सहयोग प्रदान गरेको छ। नगरमा कोभिड–१९ को सङ्क्रमणबाट १९ को मृत्यु भएको नगर स्वास्थ्य शाखाले जनाएको छ। हाल नगरका ७९ महिलासहित १८१ कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन्। 

पनौतीका सबै सङ्क्रमित होम क्वारेन्टिनमै रहेको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिएमसी)ले जनाएको छ। यसैबीच, काभ्रेपलाञ्चोकमा हालसम्म १७ हजार २५८ मा सङ्क्रमण देखिएकोमा १९५ को मृत्यु भएको छ। हालसम्मका कूल सङ्क्रमितमध्ये ९३ दशमलब २७ प्रतिशत अर्थात् १६ हजार ९७ सङ्क्रमणमुक्त भइसकेको केन्द्रले जनाएको छ। केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा ७३ कोरोना सङ्क्रमित थपिएका छन् भने १३४ सङ्क्रमणमुक्त भएका हुन्। 

Laxmi sunrise bank
kumari

केन्द्रका अनुसार जिल्लामा हाल ९६६ सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी बनेपा नपामा २९९, धुलिखेलमा २८६, पाँचखालमा ७४, नमोबुद्धमा ३३ तथा रोशी गाउँपालिकामा १३, तेमालमा चार, भुम्लु १३, बेथानचोकमा १६, खानीखोलामा एक, महाभारतमा सात र चौंरीदेउराली गाउँपालिकामा १७ रहेको छन्। 

प्रकाशित: Feb 01, 2022| 22:20 मंगलबार, माघ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।