शनिबार, साउन ३०, २०८३

हेटौँडा सवारी दुर्घटनामा एक जनाको मृत्यु

मृत्यु हुनेमा बोलेरो चालक काठमाडौं बालाजु बस्ने अन्दाजी ४५ वर्षीय शिव कार्की रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको हेटौँडा-११ चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
 |  मंगलबार, माघ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १८, २०७८

हेटौँडा- मकवानपुरको हेटौँडामा सोमबार साँझ साढे ८ बजे भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे१च ५९९४ नंको बोलेरो र विपरीत दिशातर्फ आउँदै गरेको को१ख १३२८ नंको टिपर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

मृत्यु हुनेमा बोलेरो चालक काठमाडौं बालाजु बस्ने अन्दाजी ४५ वर्षीय शिव कार्की रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको हेटौँडा-११ चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

यस्तै सोही दुर्घटनामा परेर बोलेरो सवार सोही ठाउँ बस्ने अन्दाजी ५० वर्षीय दिनेश कार्की घाइते भएका छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए। 

प्रकाशित: Feb 01, 2022| 14:00 मंगलबार, माघ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।