काठमाडौं- जुम्लामा आमरण अनशनरत प्रा. डा. गोविन्द केसीका समर्थकहरूमाथि प्रहरीले अनशनस्थलमै अन्धाधुन्द लाठीचार्ज गरेको छ ।
लाठीचार्जबाट १२ जनाभन्दा बढी विद्यार्थी र चिकित्सक घाइते भएका छन् । त्यसअघि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र कानुन मन्त्री नरेश भण्डारी डा. केसीलाई भेट्न जुम्ला पुगेका थिए । डा. केसीसँग भेट्न समर्थकले अवरोध गरेपछि उनीहरू त्यत्तिकै फर्किएका थिए ।
उनीहरू फर्किएलगत्तै प्रहरीले अनशनस्थलमा लाठी बर्साएको हो । केन्द्र सरकारले बल प्रयोग गरेर भए पनि डा. केसीलाई काठमाडौं ल्याउने रणनीति बनाएको छ । उनलाई लिन हेलिकोप्टर र सरकारी टोली काठमाडौंबाट जुम्ला पुर्याइएको छ ।
यसअघिको अध्यादेशमा तोडमरोड गरी चिकित्सा शिक्षा विधेयक ल्याइएको र त्यसैलाई दुई तिहाइ बहुमतको बलमा जबर्जस्ती पारित गर्ने सरकारी प्रयासविरुद्ध डा. केसी २० दिनदेखि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आमरण अनशन बसिरहेका छन् ।
तस्बिर डा. सुमन आचार्यको ट्वीटरबाट ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४