शुक्रबार, कात्तिक २८, २०८२

निकुञ्‍जका संवेदनशील क्षेत्रमा सीसी क्यामेरा जडान

चोरी सिकारीका दृष्टिले संवेदनशील मानिएका चितवन राष्ट्रिय निकुञ्जका महत्वपूर्ण क्षेत्रमा नयाँ सीसी क्यामेरा जडान एवं पुरानो मर्मतको कामलाई तीव्र पारिएको छ। निकुञ्जको सात स्थानमा ११ वटा नयाँ क्यामेरा राख्न थालिएको छ। पुराना २० वटा क्यामेरा मर्मत गर्न लागिएको हो।
 |  सोमबार, माघ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १७, २०७८

चितवन- चोरी सिकारीका दृष्टिले संवेदनशील मानिएका चितवन राष्ट्रिय निकुञ्जका महत्वपूर्ण क्षेत्रमा नयाँ सीसी क्यामेरा जडान एवं पुरानो मर्मतको कामलाई तीव्र पारिएको छ। निकुञ्जको सात  स्थानमा ११ वटा नयाँ क्यामेरा राख्न थालिएको छ। पुराना २० वटा क्यामेरा मर्मत गर्न लागिएको हो।

National life

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार कसरादेखि सौराहासम्मका क्षेत्रमा राखिएका १० वटा क्यामेरा मर्मतको काम भइरहेको छ। कसरादेखि ध्रूर्वसम्म ११ वटा क्यामेरा नयाँ जडान र तीन वटा पुराना क्यामेरा मर्मतको काम भइरहेको उनले जानकारी दिए। ध्रूर्वदेखि भिम्लेसम्मका सात वटा क्यामेरा मर्मतका गर्नुपर्ने उनको भनाइ छ।

तिवारीका अनुसार चोरी शिकारीका दृष्टिले संवेदनशील मानिएका क्षेत्रलाई उच्च प्राथमिकता दिँदै काम गरिएको छ। विश्व वन्यजन्तु कोषको सहयोगमा थप तथा मर्मत गर्न लागिएका ती क्यामेरा संवेदशीलताअनुसार एक स्थानमा दुई वटासम्म राखिने छ। निकुञ्जभित्र गर्ने काम भएकाले निकुञ्जले समन्वय र सहजीकरणको काम गर्ने गरेको भन्दै उहाँले एक साताभित्र पुराना मर्मत र नयाँ जडानको काम सकिने बताए। 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार विश्व वन्यजन्तु कोषको आर्थिक सहयोगमा राष्ट्रिय निकुञ्ज वन्यजन्तु संरक्षण विभागको वन्यजन्तु अपराध नियन्त्रण शाखाको समन्वयमा क्यामेरा जडान तथा मर्मतको काम गरिएको हो। निकुञ्जले एक जना कर्मचारी र आवश्यक सहयोग मात्रै गरेको हो। उनले भने, 'अहिले क्यामेरा मर्मत र तार जडानको काम भइरहेको छ। अझै केही क्यामेरा मर्मत हुन बाँकी छ।' क्यामेरा मर्मत भएसँगै निकुञ्जका संवेदनशील स्थान सबै समेट्न सकिने उनले जानकारी दिए।

चालु आर्थिक वर्षमा दुईवटा गैँडा चोरी सिकारीले मारेसँगै निकुञ्‍ज र वन्यजन्तुको संरक्षणका लागि क्यामेरा जडानको काम सुरु गरिएको हो। ती क्यामेराको नियमित अनुगमन निकुञ्‍जले गरिरहेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 31, 2022| 23:30 सोमबार, माघ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।