आइतबार, जेठ ३, २०८३

धर्नामा उत्रिए शिक्षक, यस्ता छन् माग

नेपाल शिक्षक महासंघमा आवद्ध शिक्षकहरुले सरकारले आफ्ना माग पूरा नगरेको भन्दै शिक्षा तथा मानव स्रोत विकास केन्द्र अगाडि धर्ना दिएका छन्।
 |  शुक्रबार, साउन २२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २२, २०७८

काठमाडौं– नेपाल शिक्षक महासंघमा आवद्ध शिक्षकहरुले सरकारले आफ्ना माग पूरा नगरेको भन्दै शिक्षा तथा मानव स्रोत विकास केन्द्र अगाडि धर्ना दिएका छन्। 

National life

शुक्रबार शिक्षकका मागहरुप्रति सरकारको ध्यानाकर्षण गराउन शिक्षकहरुले केन्द्र परिसरमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म धर्ना दिएका हुन्।

महासंघका ३४ बुँदे मागमा सरकारले चासो नदेखाएकाले शिक्षकहरु आमरण अनसनमा बसेर नै आफ्ना माग पूरा गराउनुपर्ने परिस्थिति सिर्जना भएकाले धर्ना दिनुपरेको शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले बताए । 

महासंघले प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब वृद्धि, गुणस्तरीय शिक्षाको लागि राज्यले कुल बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने, संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, संवैधानिक प्रबन्धमा परिवर्तन गर्नुपर्ने लगायतका ३४ बुँदे माग राख्दै महासंघ गत वैशाख २० गतेदेखि आन्दोलन गर्दै आएको छ।

महासंघले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर आफ्ना मागका विषयमा ध्यानाकर्षण गराइसकेको छ।


प्रकाशित: Aug 06, 2021| 12:30 शुक्रबार, साउन २२, २०७८
प्रतिक्रिया दिनुहोस्