शनिबार, मंसिर १३, २०८२

८८ प्रतिशतलाई खोप, दुई हजारलाई ‘बुस्टर’ मात्रा

पहिलो मात्रा खोप लगाउने एक लाख ४४ हजार ९७० छन् भने दुबै मात्रा लगाउनेको सङ्ख्या एक लाख २८ हजार ५५९ छ। कार्यालय प्रमुख सुरज गुरौले १२ देखि १७ वर्षभित्रका बालबालिका र किशोरकिशोरीलाई पनि खोप दिन सुरु गरिएको बताए।
 |  सोमबार, माघ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १७, २०७८

बाग्‍लुङ- जिल्लाका १८ वर्षमाथिका ८८ प्रतिशत नागरिकले कोभिड-१९ विरुद्ध खोपको पहिलो मात्रा लगाएका छन्। स्वास्थ्य कार्यालयका अनुसार दुबै मात्रा खोप पाउनेको सङ्ख्या भने ७८ प्रतिशत छ। 

National life

पहिलो मात्रा खोप लगाउने एक लाख ४४ हजार ९७० छन् भने दुबै मात्रा लगाउनेको सङ्ख्या एक लाख २८ हजार ५५९ छ। कार्यालय प्रमुख सुरज गुरौले १२ देखि १७ वर्षभित्रका बालबालिका र किशोरकिशोरीलाई पनि खोप दिन सुरु गरिएको बताए।

सो उमेर समूहका २३ हजार दुई सय २८ जनाले मोडर्ना खोप पाइसकेको उनको भनाइ छ। कुल २७ हजारलाई लगाउने लक्ष्य लिइएकामा ८४ प्रतिशतले खोप पाइसकेका छन्। यसअघि खोपको दोस्रो मात्रा लगाएको छ महिना पुगिसकेका दुई हजार ३९ जनालाई बुस्टर मात्रा दिइएको प्रमुख गुरौले जानकारी दिए। 

कोभिसिल्ड र भेरोसेल खोप लगाएकाले त्यसकै थप मात्रा पाएका हुन्। पहिलो चरणमा अग्रभागमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, पत्रकारलगायतलाई बुस्टर मात्रा दिइएको हो। सरकारले ६० वर्षमाथिकालाई पनि बुस्टर मात्रा दिने नीति बनाएको छ। 'खोप अभियान जिल्लाका दसै स्थानीय तहमा निरन्तर चलिरहेको छ”, प्रमुख गुरौले भन्नुभयो, “१२ वर्ष माथिका सबैले खोप पाउहुनुहन्छ।'

उनका अनुसार खोपको अभाव हुने स्थिति अहिले छैन। सानो उमरेका बालबालिकाका लागि भने अहिलेसम्म खोप आइसकेको छैन। सरकारले आउँदो चैतभित्रमा सबै नेपालीलाई खोपको पहुँचमा ल्याउने भनेको छ। सबै उमेर समूहलाई लक्ष्य गरी खोप अभियान सञ्चालन भएमा यहाँका दुई लाख ५० हजार ५४४ जनालाई खोप दिनुपर्छ।

Laxmi sunrise bank
kumari

खोपकै कारण कोरोना महामारीको तेस्रो लहर कम जोखिमपूर्ण देखिएको धवलागिरि अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले बताए। उनका अनुसार यस चरणमा कोभिड–१९ ले थलिएर अस्पताल भर्ना हुनेको सङ्ख्या न्यून छ। 

'खोपले शरीरको प्रतिरोधी क्षमता बढाएका कारण सङ्क्रमण भइहाले पनि स्वास्थ्य जटिलता निम्तिएको छैन,' उनले भने, 'अस्पताल भर्ना भएकाको अवस्था पनि सामान्य छ, अक्सिजन पनि कम मात्र दिए पुग्ने स्थिति छ।' अस्पतालको आइसोलेशनकक्षमा अहिले चार जना सङ्क्रमित उपचाररत छन्।

आईसीयूमा भने कुनै पनि बिरामी छैनन्। सङ्क्रमण बढ्दै जाँदा अस्पतालमा बिरामी थपिन सक्ने प्रमुख चिकित्सक पोखरेललको भनाइ छ। पछिल्लो लहरमा अस्पतालकै १८ जना चिकित्सक÷स्वास्थ्यकर्मी सङ्क्रमित भइसकेका छन्। प्रत्येक व्यक्ति जिम्मेवार भएर स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेमा सङ्क्रमण रोक्न सकिने उनको भनाइ छ।  

स्वास्थ्य कार्यालयको आँकडाअनुसार हाल जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय ८३ छ। धवलागिरि अस्पतालको आइसोलेशनमा रहेका चार जनाबाहेक अरु सबै सङ्क्रमित होम आइसोलेशनमा छन्। पछिल्लो साता सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेर पाँच सय नाघेको हो।

प्रकाशित: Jan 31, 2022| 20:40 सोमबार, माघ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।