बुधबार, भदौ ३, २०८३

महाधिवेशन छिटो गराउन कांग्रेस नेतृत्वलाई नेविसंघको दबाब

नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थीहरुले छिटोभन्दा छिटो संघको महाधिवेशन गर्न पार्टी नेताहरुलाई दबाब दिन सुरु गरेका छन्।
 |  सोमबार, माघ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १७, २०७८

काठमाडौं– नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थीहरुले छिटोभन्दा छिटो संघको महाधिवेशन गर्न पार्टी नेताहरुलाई दबाब दिन सुरु गरेका छन्।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो संगठन नेविसंघको महाधिवेशन तत्काल गर्न माग गर्दै दबाब दिएका हुन्।

नेविसंघलाई गतिशील बनाई क्याम्पसहरुको शैक्षिक गतिविधिलाई प्रभावकारी बनाउन पनि छिटोभन्दा छिटो विधानसम्मत ढंगले तदर्थ समिति गठन गरी संघको महाधिवेशन सम्पन्न गर्न पार्टी नेताहरुलाई दबाब दिने अभियान सुरु गरिएको नेविसंघमा आवद्ध विद्यार्थी विनोदराज जोशीले बताए। त्यसक्रममा विद्यार्थीहरुले नेविसंघको महाधिवेशन छिटोभन्दा छिटो सम्पन्न गराउन दबाब दिँदै पार्टीका केन्द्रीय सदस्य एवम् नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरलाई अनुरोधपत्र पनि बुझाएका छन्। ‘अभिभावकलाई पत्र’ नाममा बुझाइएको सो पत्रमा तत्काल तदर्थ समिति गठन गरी नेविसंघको महाधिवेशन सम्पन्न गर्न पार्टीका नेताहरुसँग माग गरिएको पनि जोशीले बताए।

पत्र बुझ्दै कांग्रेस केन्द्रीय सदस्य महरले नेविसंघलगायत भातृ संस्थाहरुको महाधिवेशन सम्पन्न गराउन आफूले नेताहरुलाई अनौपचारिक रुपमा दबाब दिँदै आएको र अब बस्ने केन्द्रीय समिति बैठकमा औपचारिक रुपमै छलफल गराउने प्रतिवद्धता जनाए। उनले पार्टी पदाधिकारीहरुसमेत भातृ संस्थाहरुको महाधिवेशन छिटो गराउन गम्भिर नभएको उल्लेख गर्दै उनीहरुमाथि दबाब दिन नेविसंघमा आवद्ध विद्यार्थीहरुलाई आग्रह गरे।

पार्टीको विधान र संघीयताको भावना अनुसार कांग्रेस भातृ संस्थाहरुको विधान मस्यौदा भए पनि पार्टीले स्वीकृति नदिएका कारण नेविसंघलगायतका भातृ संस्थाहरु पुरानै विधानमा चलिरहेका छन्। जसका कारण गतिहीन हुन पुगेको संगठनलाई प्रभावकारी बनाई शैक्षिक क्षेत्रमा देखिएमा समस्या समाधानका लागि पनि छिटो भन्दा छिटो नेविसंघको महाधिवेशन गर्नुपर्ने त्यसमा आवद्ध विद्यार्थीहरुको माग छ।

प्रकाशित: Jan 31, 2022| 15:35 सोमबार, माघ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...