बुधबार, असार ३१, २०८३

यस्तो छ २० दिनदेखि अनशनरत डा केसीको अवस्था 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडाैं- जुम्लामा २० दिनदेखि अनशन बस्दै आएका डा गोविन्द केसीको अवस्था जटिल बन्दै गएको चिकित्सकहरुले बताएका छन् । डा केसीको उपचारमा संलग्न डा विसब दाहालका अनुसार उनको शरिरमा संक्रमण बढ्दै गएको छ भने मुटुको चाल अनियन्त्रित बन्दै गएको छ । 

घाँटी र हातको नसाबाट सुरु भएको संक्रमण बुधबारबाट स्लाइन चढाउन खोलिएको दोस्रो हातमा पनि फैलिएको छ । संक्रमणका कारण हात सुन्निएको डा दाहालले जानकारी दिए ।  
उनका अनुसार नसामा संक्रमण बढेसंगै शरिरमा सेतो रक्तकोषिकाको संख्या घट्दै गएको छ । रगतमा सेतो रक्तकोषिकाको संख्या घट्दै गएपछि शरीरमा कीटाणुसँग लड्न सक्ने क्षमता कम हुँदै गएको छ । 

सेतो रक्तकोषिका घटेको अवस्थामा शरीरभर संक्रमण फैलिएर सेप्सिस हुने सम्भावना उच्च रहेको डा दाहालले जानकारी दिए । अहिले डा केसीमा सेप्सिसका प्रारम्भिक लक्षण देखिन थालेको चिकित्सकहरूले बताएका छन् । 

रगतबाट फैलिएको सेप्सिसका कारण मिर्गौला, कलेजो, फोक्सोलगायत अंगले बिस्तारै काम गर्न छाड्छन् । केही दिनमै बिरामीको मृत्यु हुन सक्ने चिकित्सकहरु बताउँछन् । 

डा केसीको अवस्था जटिल बन्दै गएपनि उनको माग सम्बोधन गर्ने विषयमा सरकार उदासिन बन्दै गएको छ । मंगलबार भएको तीन चरणको वार्ता कुनै निष्कर्शमा पुग्न नसकेपछि बुधबारबाट वार्ता प्रत्रृmया नै अवरुद्ध भएको छ । डा केसीेले कर्मचारी स्तरको वार्ता टोलीसंग कुराकानी गरेर टुङ्गो नलाग्ने भन्दै वार्तामा नबस्ने अडान लिएपछि थप छलफल हुन नसकेको हो । 

डा केसीेले बुधबार एक विज्ञप्ति जारी गर्दै तत्काल चिकित्सा शिक्षा विधेयक फिर्ता लिनु पर्ने, मन्त्रीस्तरिय वार्ता टोली बनाउनु पर्ने माग अघि सारेका छन् । उनको माग सम्बोधन नगरि सरकारले उनलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी गरेको छ । अाजै उनलाई काठमाडाैं ल्याने तयारी भएकाे स्रोतले जनाएको छ ।

डा केसी पक्षका वार्ता टोली सदस्य अधिवक्ता ओमप्रकाश अर्यालले सरकारले डा केसीको माग सुनवाई नगरि विरामीसंग जस्तो व्यबहार गरेको बताए । डा केसीलाई तलमाथि भए त्यसको सम्पूर्ण दोष प्रधानमन्त्री केपी ओलीमाथि थोपरिने उनले बताए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।