बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ठूलो पहिरो खसेपछि मुग्लिन सडक अवरुद्ध, यात्रु अलपत्र

ठूलो पहिरो खसेपछि मुग्लिन सडक अवरुद्ध, यात्रु अलपत्र

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
चितवन- नारायणगढ-मुग्लिन सडक खण्डको टोपे खोलामा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा बिहीबार बिहान ५ बजे पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

पहिरो पन्छाउन पाँचदेखि आठ घण्टा लाग्ने प्रहरीले जनाएको छ । सडक निर्माणका क्रममा विभिन्न ठाउँमा भित्तो काटिएका कारण ठाउँठाउँमा पहिरो खस्ने गरेको छ । 

सडकअवरुद्ध भएसँगै सयौं सवारी र हजारौं यात्रु बाटोमै अलपत्र परेका छन् । जाममा परेका गाडीको लाइन दुवैतर्फ गर्दा करिब १० किलोमिटर टाढासम्म पुगेको छ । पहिरो पन्छाउन दिनभरजसो लाग्ने देखिएपछि थकित यात्रु निराश देखिएका छन् ।

सरकारले उच्च जोखिममा रहेका भनिएका सडकखण्डमध्ये यो एउटा हो । सडक विस्तारका क्रममा रहेकाले यो सडकखण्डको भुइँ कालोपत्रे भएको भए पनि समय(समयमा खस्ने पहिरोका कारण जोखिमपूर्ण छ । यस सडकखण्डमा दिनहुँजसो पहिरो खस्ने गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।