बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आजका अखबार : डा केसीसंगको वार्ता अवरुद्ध, सिमामा परिचयपत्र 

आजका अखबार : डा केसीसंगको वार्ता अवरुद्ध, सिमामा परिचयपत्र 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडाैं - राजधानीबाट प्रकाशित बिहीबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई पहिलो प्राथमिकतामा पारेका छन् ।
 
कसैले डा गोविन्द केसी र सरकारबीचको वार्ता अवरुद्ध भएको विषयलाई प्राथमिकतामा पारेका छन् भने कसैले नेपाल-भारतको सीमामा परिचयपत्र लागु गर्ने प्रस्तावलाई मुख्य समाचार बनाएका छन् । 

आजको कान्तिपुर दैनिकले प्रवुद्ध व्यक्ति समुह ईपीजीले नेपाल–भारत खुला सीमा व्यवस्थित गर्न नागरिक परिचयपत्र जारी गर्नुपर्ने प्रस्ताव दुवै देशका सरकारलाई गरेको विषयलाई मुख्य समाचार बनाएको छ ।

सिमाका ७० भन्दा बढी चेक प्वाइन्टबाट आवातजावत गर्दा फोटोसहितको परिचयपत्र बोक्ने प्रणाली विकास गर्नुपर्नेमा भारतको जोड रहेको समाचारमा जनाइएको छ । यस्तै इपीजीले १९५० को सन्धिका ४ बुँदा परिमार्जन गर्न र सीमामा स्ट्रिप म्यापअनुसारै दसगजा निर्धारण गर्न सुझाव दिएको कान्तिपुरले लेखेको छ । 

यस्तै कान्तिपुरले प्रदेशका संरचना खिचेर केन्द्रमै राखिएको विषयलाई पनि विशेष महत्व दिएको छ । केन्द्र सरकारले ठूलो संख्यामा केन्द्रीय निकाय तथा विभागहरु संघ सरकार मातहत राख्ने निर्णय गरेको छ । प्रदेशका कतिपय मन्त्रालय मातहत भने एउटा कार्यालय समेत नपरेको समाचारमा उल्लेख छ । 

पर्वतमा गएको पहिरो र रुकुम पूर्वमा भएको दुर्घटनाको खबरलाई विशेष महत्व दिएको आजको अन्नपूर्ण पोस्ट्ले डा गोविन्द केसी र सरकारबीचको वार्ता अवरुद्ध भएको विषयलाई प्राथमिकतामा पारेको छ ।

मंगलबार भएको तीन चरणको वार्तामा विषय प्रवेश नै नगरेपछि डा केसी पक्षधर बुधबार वार्तामा नै बसेन । डा केसीले वार्ताका लागि कर्मचारी मात्रै पठाएर झारा टार्न खोजेको भन्दै आपत्ति जनाएका छन् । यता सरकारले भने डा केसीलाई काठमाडौं ल्याउने तयारी गरेको अन्नपूर्णमा खबर छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।