आइतबार, फागुन १७, २०८२

चोरीमा संलग्न भएको आरोपमा पाँच पक्राउ

पसल फुटाई मोबाइल चोरी गरेको आरोपमा पाँचजनालाई बारा प्रहरीले पक्राउ गरेको छ।
 |  सोमबार, माघ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १७, २०७८

बारा– पसल फुटाई मोबाइल चोरी गरेको आरोपमा पाँचजनालाई बारा प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा प्रसौनी गाउँपालिका–१ प्रसौनी टोल बस्ने २४ वर्षीय विशाल मुखिया, २२ वर्षीय बलिराम मुखिया, २० वर्षीय राम मुखिया, २७ वर्षीय पवन पटेल र सोही ठाउँ बस्ने २३ वर्षीय रम्तुलाह अंसारी रहेको प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए।

प्रसौनी गाउँपालिका–२ स्थित रहेको शुभश्री मोबाइल पसल फुटाई पसलमा रहेका विभिन्न कम्पनीका मोबाइल चोरी  गरी लुकाइराखेको अवस्थामा प्रसौनी गापा–१ मा बस्ने गोपिचन मुखियाको छोरा विशाल मुखियाको घरकोठा खानतलासी गर्ने क्रममा पसलबाट चोरी भएको मालसामानमध्ये निज विशाल मुखिया सुत्ने कोठाभित्र रहेको खाटमुनि पिठ्यूँमा बोक्ने तीनवटा झोलामा लुकाई छिपाई राखेको अवस्थामा फेला पारेको प्रवक्ता थापाले बताए।

साथै विभिन्न किसिमको नयाँ मोबाइल सेट ९४ थान, ब्याट्री, चार्जर, राउटर तथा सोही घरको पहिलो तल्लाको कोठामा रिपुराज लेखिएको चामलको बोरामा राखी लुकाई छिपाई राखेको अवस्थामा अवैध लागूऔषध गाँजा ६ किलो ग्रामसमेत फेला पारी उक्त चोरी कार्यमा संलग्न ती पाँच जनालाई पक्राउ गरिएको प्रवक्ता थापाको भनाइ छ। पक्राउ परेका ती सबैलाई  डाँका चोरी मुद्दामा जिल्ला अदालतबाट पहिलोपटक दिन ५ को म्याद अनुमति लिई हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता थापाले जानकारी दिए।


प्रकाशित: Jan 31, 2022| 06:05 सोमबार, माघ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।