आइतबार, साउन ३१, २०८३

जाडोबाट जोगिँदा सावधानी अपनाउनुस्

महानगरीय प्रहरी परिसरले चिसोबाट जोगिन अपनाइने कार्यमा लापरबाही हुँदा ज्यानै जानसक्ने भएकाले विशेष सावधानी अपनाउने अनुरोध गरेको छ।
 |  सोमबार, माघ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १७, २०७८

काठमाडौं– महानगरीय प्रहरी परिसरले चिसोबाट जोगिन अपनाइने कार्यमा लापरबाही हुँदा ज्यानै जानसक्ने भएकाले विशेष सावधानी अपनाउने अनुरोध गरेको छ। 

परिसरले सूचना जारी गरी चिसो बढिरहेको समयमा यसबाट जोगिन प्रयोग गरिने हिटर, कोइलालगायतका सामग्री प्रयोग गर्दा कोठामा अक्सिजन नष्ट हुनाका साथै कार्बन मोनोअक्साइडसमेत बनेर मानवीय क्षति गराउन सक्ने भन्दै त्यसतर्फ सावधानी अपनाउन आग्रह गरेको छ। 

परिसरले यस्ता गतिविधिले कोठाभित्र अक्सिजन कम हुँदै जाँदा सुरुमा टाउको दुख्ने, वाकवाकी लाग्ने, रिङ्गटा लाग्ने र निस्सासिएर बेहोस् भई अन्ततः मानिसको मृत्यु हुने भएकाले त्यसप्रति सचेत हुने भनेको छ।

मुख्यगरी आफूबाहिर निस्किँदा बन्द कोठामा हिटर बालेर नछाड्न, ढोका झ्यालका छिद्राहरूमा बोरा, कपडा राखी हिटरलगायतका विद्युतीय उपकरण नबाल्न, चुलो, मकल, कराइमा दाउरा कोइला बाली रातभर कोठाभित्र नराख्न, झ्याल ढोका बन्द गरी ग्यास गिजरको प्रयोग नगर्न, विद्युतीय उपकरणमा काम सकाएपछि पनि स्विच अन गरेर नछाड्न र ग्यास सिलिन्डरलाई काम सकिएपछि बन्द गर्न प्रहरीले सबैमा अनुरोध गरेको छ। यस्तै प्रहरीले चाँडै जल्ने सामग्री चुलो नजिक नराख्न पनि आग्रह गरेको छ। 

प्रकाशित: Jan 31, 2022| 05:05 सोमबार, माघ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।