आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

काभ्रेमा विद्युतीय राहदानी सेवा सुरु

काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट आजदेखि विद्युतीय राहदानी वितरण सेवा सुरु भएको छ।
 |  सोमबार, माघ १७, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, माघ १७, २०७८

काभ्रे– काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट आजदेखि विद्युतीय राहदानी वितरण सेवा सुरु भएको छ। यसअघि मेसिन रिडेवल पासपोर्ट वितरण गर्दै आएको कार्यालयले आजबाट विद्युतीय राहदानी सेवा सुरु गरेको हो।

triton college

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले राज्यले लिएको नीति अनुसार छिटोछरितो सेवाका लागि जिल्ला प्रशासन कार्यालयबाट अब मेसिन रिडेवल पासपोर्टबाट ई–पासपोर्ट सेवा सुरु गरेको बताइन्। आजबाट नै सुरु भएको सो सेवा अहिले कोरोना सङ्क्रमण जोखिमका कारण आगामी माघ २१ गतेसम्मका लागि अत्यावश्यक परेका सेवाग्राहीलाई मात्र वितरण भएको उनले बताइन।

त्यसको लागि घरमा नै विद्युतीय माध्यमबाट फर्म भरेर आवश्यक पर्ने विवरण प्रविष्ट गरेपछि उक्त सफ्ट कपिलाई कार्यालयबाट रुजु गर्ने काम हुने र त्यसैको आधारमा राहदानी वितरण हुने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताइन्। भरेको फर्म सिधैँ राहदानी विभागमा जाने भएकाले छिटो र सहज तरिकाले तत्कालै विद्युतीय राहदानी सेवा उपलब्ध हुने उनको भनाइ छ।

त्यसको लागि बैंकको शाखा पनि नजिकै चाहिने हुनाले शाखा सञ्चालनको व्यवस्थापन गर्ने काम भइरहेकोले केही दिनका लागि बैंकसम्म पुगेर भुक्तानी गर्नुपर्ने अवस्था रहेको जनाएको छ। विद्युतीय राहदानी फर्म भर्नका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य भर्नुपर्ने भएकाले त्यसको लागि राष्ट्रिय परिचयपत्र नलिएकालाई सो सेवा पनि सँगसँगै दिने काम भएको उनले बताइन्।

प्रकाशित: Jan 31, 2022| 02:35 सोमबार, माघ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।