मंगलबार, पुस १, २०८२

हुम्लामा सुरु भयो कोभिड–१९ विरुद्धको तेस्रो खोप

कोभिड–१९ विरुद्धको पहिलो तथा दोस्रो डोजको खोप लगाइसकेका यहाँका जनतालाई तेस्रो खोप लगाउन यही माघ १४ गतेदेखि स्वास्थ्यकर्मी खटाइएको छ।
 |  सोमबार, माघ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १७, २०७८

हुम्ला–  कोभिड–१९ विरुद्धको पहिलो तथा दोस्रो डोजको खोप लगाइसकेका यहाँका जनतालाई तेस्रो खोप लगाउन यही माघ १४ गतेदेखि स्वास्थ्यकर्मी खटाइएको छ। जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाका सातवटै गाउँपालिकाका सर्वसाधारणालाई खोप लगाउन स्वास्थ्यकर्मी खटाएको हो।

National life

हिमपातका बीच गाउँगाउँमा गएर तेस्रो डोजको खोप लगाउनका लागि स्वास्थ्यकर्मीहरू खटाइएको छ। जिल्लामा कोभिडसिल्ड १४ हजार ४०२, भेरोसिल्ड २० हजार ८००, जोनसोन एक हजार १००, एस्ट्राजेनेका तीन हजार ८९० र मोडर्ना ३७० खोप आइसकेको छ। तेस्रो डोजको खोप लगाउने कार्य सुरु भइसकेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिए। 

नेपाली सेना, नेपाली प्रहरी, नेपाली सशस्त्र प्रहरी बल, कर्मचारी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरू गरी ३०० जनामा तेस्रो खोप लगाइसकेको र जोसुकैलाई पनि हुम्ला जिल्ला अस्पतालमा तेस्रो खोप लगाउनका लागि खुला गरिएको छ। 

त्यसैगरी हुम्ला जिल्लाको उत्तरी सिमानाको नाम्खा गाउँपालिका–५ र ६ मा भने अत्यधिक हिमपात भएका कारणमा त्यसतर्फ स्वास्थ्यकर्मीहरूलाई पठाउन कठिनाइ भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख सिंहले बताए।

प्रकाशित: Jan 31, 2022| 02:05 सोमबार, माघ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।