शुक्रबार, कात्तिक २८, २०८२

बागमती किनाराका अनधिकृत संरचना हटाउन सातदिने सूचना

समितिले ती नदी किनारा छेउमा रहेका सुकुम्बासी बस्तीबाहेकका स्थायी संरचना हटाउन ७ दिने र अस्थायी संरचना हटाउन ३ दिने सार्वजनिक सूचना शनिबार जारी गरेको हो।
 |  आइतबार, माघ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ १६, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– काठमाडौंको गुह्येश्वरीदेखि थापाथली पुलसम्मको बाग्मती नदी र सडकबीचको किनारामा दुवैतर्फ अनधिकृत रुपमा बनेका स्थायी तथा अस्थायी संरचना हटाउन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सार्वजनिक सूचना जारी गरेको छ। समितिले ती नदी किनारा छेउमा रहेका सुकुम्बासी बस्तीबाहेकका स्थायी संरचना हटाउन ७ दिने र अस्थायी संरचना हटाउन ३ दिने सार्वजनिक सूचना शनिबार जारी गरेको हो। 

मठमन्दिर, देवालय, धार्मिक स्थान, मूर्ति रहेका स्थान, स्थल, पार्कभन्दा पनि नदी र सडकबीचको किनारामा अनधिकृत रुपमा बनेका अस्थायी तथा स्थायी संरचनाहरु हटाउन सार्वजनिक सूचना जारी गरिएको समितिका सूचना अधिकारी कमल अर्यालले बताए। उनले दी किनारामा संरचना बनाएर बसेका सुकुम्बासी बस्ती हटाउने विषयले भने अहिले प्रवेश नपाएको स्पष्ट पारे।

अर्यालले ती नदी किनाराका सुकुम्बासी बस्ती हटाउनका लागि उनीहरुको उचित व्यवस्थापनका लागि राष्ट्रिय भूमि आयोग र सम्बन्धित निकायसँग छलफल भइरहेको पनि जानकारी दिए। समितिका अनुसार थापाथली बागमती किनारामा मात्रै १४५ घरधुरी सुकुम्बासी बस्ती छ। त्यो बस्ती हटाउने विषयमा त्यहाँका समिति, भूमि आयोग र सम्बन्धित निकायहरुसँग छलफल भइरहेको समितिले जनाएको छ। अर्यालले भने,  ‘दोस्रो चरणमा हामीले गुह्येश्वरीदेखि थापाथली पुलसम्म यस्ता प्रकृतिका संरचनाहरु जुन सम्झौताविपरीत छन्। 

प्रकाशित: Jan 30, 2022| 18:15 आइतबार, माघ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।