सोमबार, कात्तिक १०, २०८२

चुरेका बाढीपीडित एक वर्षदेखि वनमै

बाढीपीडित संघर्ष समितिका संयोजक टीकाराम कार्कीले पहिरोले घर भत्काइदिएपछि वन क्षेत्रमा घर टहरा बनाएर बस्न बाध्य भएको बताए।
 |  आइतबार, माघ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ १६, २०७८

धनगढी– सुदूरपश्चिम प्रदेशको अर्थ विकास तथा प्राकृतिक समितिले चुरे गाउँपालिका–४, पनेरुवागडास्थित राष्ट्रिय वनमा बसोबास गरीरहेका बाढी तथा पहिरो पीडितको अवस्थाबारे स्थलगत अनुगमन गरेको छ। 

Kumaribank

आइतबार स्थलगत अनुगमनमा पुगेका प्रदेशका अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापति प्रदेश सभा सदस्य हर्कबहादुर कुँवरले बाढीपहिरो पीडितको वास्तविक रुपमा छानबिन गर्नुपर्नेमा जोड दिए। 

सभापति हर्कबहादुर कुँवरले निर्वाचनको समयमा बढी वन क्षेत्र अतिक्रमणको चपेटामा पर्ने भएकाले वन कार्यालय र सम्बन्धित निकाय चनाखो हुनुपर्ने बताए। 

समितिका सदस्य प्रदेश सभा सदस्य अकलबहादुर रावलले बाढीपहिरो पीडितको नाममा भइरहेको अनियन्त्रित वन अतिक्रमण बन्द हुनुपर्ने बताए। उनले चुरे गाउँपालिकाको बाढीपहिरो पीडितको वास्तविकता के हो? वैज्ञानिक विश्लेषण र सत्यतथ्य पहिचान गर्न सरकारसँग माग गरे। 

बाढीपीडित संघर्ष समितिका संयोजक टीकाराम कार्कीले पहिरोले घर भत्काइदिएपछि वन क्षेत्रमा घर टहरा बनाएर बस्न बाध्य भएको बताए। चुरे गाउँपालिका–६, आमपानी सिउतीमा आएको पहिरोले घर भत्काएपछि आफूहरू राष्ट्रिय वनमा बसोबास गरिरहेको सन्त कार्कीले बताए। 

Metro Mart

गाउँपालिकाले दिएको टेन्ट हालेर बालबालिकाका लागि कक्षा ३ सम्म बिद्यालय समेत सञ्चालन भइरहेको छ। मासिक ५० रुपैयाँ उठाएर शिक्षकलाई दिएर विद्यालय सञ्चालन गर्दै आएको सुन्दर शाहीले बताए।  

गगन सिंहले बर्खाको भेल र हिउँदको कठ्या‌ंग्रिँदो जाडोमा सानो टहरामा ९ जनाको परिवार बस्न बाध्य भएको बताए। ‘गर्नका लागि काम केही छैन। न त बस्ने बास छ नत खाने गाँस छ’, सिंहले भने, ‘तीन तहको सरकार छ। तर, आफूहरुले सरकारको अनुभूति गर्न पाएका छैनौं।’

चौमाला सबडिभिजन वन कार्यालयका प्रमुख किशोर धामीले २०७७ सालमा चुरे गाउँपालिका–५ र ६ का ५०/५५ घरधुरीलाई विपद् व्यवस्थापन समितिले केही समयका लागि आश्रय दिएको बताए। ‘सुरुमा ५०/५५ घरधुरी थियो’, प्रमुख किशोर धामीले भने, ‘अहिले बढेर २८६ घरधुरी पुगेको छ।’ 

प्रकाशित: Jan 30, 2022| 17:58 आइतबार, माघ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।